हुम्लाको बिकट गाउँको युवा बिमा व्यवसायी बने संगै समृद्धि पदक प्राप्त गरेपछि

  • नमस्ते कर्णाली

  • बि.स.२०४४ साल चैत्र महिनामा बिकट हिमाली जिल्ला हुम्लाको ताँजाकोट गाउँपालिकामा जन्मिनु भएका नन्दखर जैसी जीवनका अनेकौ आरोह अवरोह पार गर्दै आज एक सफल बिमा व्यवसायी बन्नु भएको छ । जैसीले हिमाली जिल्ला हुम्लाकै श्री क्षेत्रपाल नि.मा.वि मा पढाइको शुभारम्भ गर्दै श्री धर्मोदय उच्च मा.वि. बाट एस.एल.सी. र कक्षा १२ सम्मको अध्ययन गर्नुभयो । उहाँले औपचारिक शिक्षालाई यतिकैमा बिट मारी आफ्नो घरायसी जिम्मेवारीलाई सम्हाल्न थाल्नुभयो । घरपरिवारको जिम्मेवारीको भारी बोके पश्चात आफ्नो तथा घरको जिम्मेवारी पनि स्वभाविक रुपमा उहाँ माथि बढ्यो । परिवारको त्यो जिम्मेवारीको भारीले उहाँलाई केहीले स्वदेश तथा त कहिले विदेशको आरोह अबरोह गराइरह्यो ।

    बि.स. २०७० सालबाट व्यवसायीक रुपमा जब नन्दखर जैसी श्री नेपाल लाईफ इन्स्योरेन्स क.लि.मा सहभागी हुनुभयो त्यस पछि उहाँको जीवनमा पनि फरक मोड आयो । हुम्ला जस्तो विकट गाउँ बस्तीमा त्यहाँको समाजका मानिसहरुलाई विमा सम्बन्धी जनचेतना फैलाउदै काम त्यति सजिलो थिएन । किनभने त्यतिबेला बिमा भनेको शहरबजारमा बस्ने हुनेखाने धनी मान्छेहरुले गर्ने व्यवसाय हो भन्ने बुझाई थियो । तर जैसीले हुम्लाका गाउँबस्तीहरुमा समेत बिमाले मान्छेको जीवनमा आइपर्ने कठिन परिस्थितिहरुलाई कसरी सहयोग पुर्याउछ भनेर बिमा सम्बन्धी चेतना फैलाउँनु भयो । उक्त गाउँ बस्तीका जनतामा शिक्षाको पहुँच तथा आय आर्जनको कमी हुने हुँदा काम गर्न निकै नै गाह्रो थियो । तर आफ्नो लक्ष्य शिरोपर गर्दै गन्तब्यको विन्दु फेला पार्न अनवरत रुपमा लागिरहनु भयो । व्यवसायलाई सुदृढ मजबुत बनाउदै लैजाने योजनाका साथ बाँके जिल्ला कोहलपुर नगरपालिका वडा नं. ५ मा बसाईसराई गर्नु भयोे । हिमालको दुर दराज बस्तीको व्यवसायमा भन्दा तराई अनि सहरमा जनमासको आर्थिक आय अलिवढी हुने हुँदा उहाँकोे एजेन्सी व्यवसायले पनि तिब्रता लियो ।
    प्रत्येक वर्ष एजेन्सी म्यानेसर नविकरण हुँदै गर्दा व्यवसाय प्रतिको थप मनोबल बढ्दै गयो । नेपाल लाईफ कम्पनीमा बेला बेलामा दिने स्कीमहरु जित्दै जानु भयो । आफ्नो कर्म संगै जिवनमा नयाँ उत्साह थपिदै गयो स्कीम जितेर थाईल्याण्ड, सिंगापुर, मलेसिया र दुबै जस्ता देशहरुको भ्रमण गर्ने अवसर पनि उहाँले प्राप्त गर्नु भयो । नेपाल लाईफका प्रत्येक स्कीम जित्दा पाउने सम्मानले उच्चतम आनन्दको अनुभूती गरेको उहाँले सुनाउनु हुन्छ । आजभोली समय समयमा उहाँलाई पुरस्कृत हुने मौका मिलिरहनुले उहाँ हर्सित हुदै आफ्नो र घरपरिवार, आफन्तजन सबै तिरबाट सम्मान पाउदा जीवनमा अनेकौं घुम्तिहरु पार गर्ने क्रम सँगै राम्रो मार्गमा लागेको आफूलाई अनुभती हुने बताउँनु हुन्छ । उनले आगामी दिनमा पनि सबै सँग यस्तै साथ र सहयोगको अपेक्षा गरेका छन् । नन्दखर जैसी नेपाल लाइफबाट हुने अधिकाम्स सम्मानबाट सम्मानित भइसकेका छन् । उनले यस वर्ष पनि समृद्धि पदक जतिसकेका छन् ।

     

     

  • १३ मंसिर २०८१, बिहीबार १७:५६ प्रकाशित

  • Nabintech