कर्णाली स्वास्थ्यविज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोह

प्रधानमन्त्री कर्णाली स्वास्थ्यविज्ञान प्रतिष्ठानको दीक्षान्तमा सहभागी


  • नमस्ते कर्णाली

  • प्रधानमन्त्री केपी शर्मा ओली जुम्लाको कर्णाली स्वास्थ्यविज्ञान प्रतिष्ठानको दीक्षान्त समारोहमा सहभागी भएका छन् । प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रतिष्ठानका कुलपति ओलीले कर्णालीका जनताले आफ्नै ठाउँमा गुणस्तरीय स्वास्थ्य सुविधा पाउन थालेकामा खुसी व्यक्त गर्दै कर्णालीमा सय शैयाको अस्पताल बनाउने प्रक्रिया सुरु भइसकेको जानकारी गराएका छन् । प्रधानमन्त्री ओलीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई थप प्रभावकारीरुपमा सञ्चालन गरी गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा दिइने बताए । प्रधानमन्त्री ओलीले प्रतिष्ठानमा आवश्यक सेवा, सुविधामा उपलब्ध गराउन नेपाल सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रधानमन्त्रीले भने, –‘प्रतिष्ठानको परिकल्पनादेखि आफू जानकार रहेको र चुनौतीका बीच विगतमा आफू प्रधानमन्त्री हुँदा चिकित्सा शिक्षा आयोगको बैठकबाट स्वीकृति गराएर प्रतिष्ठानमा चिकित्सा कक्षा सञ्चालन भएको जानकारी गराउँदै पहिलो दीक्षान्तसम्म आइपुगेकामा खुसी व्यक्त गरे । प्रधानमन्त्री ओलीले दीक्षित विद्यार्थीलाई हरेक क्षेत्रमा सफलता हासिल गरी नयाँ–नयाँ कीर्तिमान कायम गर्न शुभकामना दिए । प्रधानमन्त्री ओलीले भने थपे,–‘अभिभावकको लगानी, आशा र विश्वासका साथै तपाईंहरुको मेहनत र लगावका कारण आज यो सफलता हासिल भएको छ । यस सफलतालाई दूरदराजका जनताको गुणस्तरीय स्वास्थ्य सेवा दिन लाग्नुहोस् ।’
    प्रथम दीक्षान्त समारोहमा जनस्वास्थ्य, नर्सिङ र चिकित्साशास्त्र विषयमा स्नातक र स्नातकोत्तर तहमा अध्ययन गरेका ५८ विद्यार्थी दीक्षित भएका छन् । यसअघि गत भदौ २३ गते प्रतिस्ठानको दीक्षान्त समारोह तय गरिएको थियो । तर प्रधानमन्त्री तथा प्रतिस्ठानका कूलपति के.पी. ओली समय अभावका कारण दीक्षान्त समारोहमा आउन नसक्ने जानकारी गराए पछि अन्तिम समयमा दीक्षान्त समारोह रोकिएको थियो । बुधबार सम्पन भएको दीक्षान्त समारोहमा कुलपति एवं प्रधानमन्त्री ओलीसहित स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राध्यापक डा. अञ्जनीकुमार झा, अमेरिकास्थित हार्डवेयर मेडिकल कलेज सेन्टर फर प्राइमरी केयर र सिस्टम स्ट्रेन्थेनिङका निर्देशक क्रिस्टिन मसेङ्गर पनि समारोहमा सहभागी भएको प्रतिष्ठानका शिक्षाध्यक्ष डा. डबलबहादुर धामीले बताएका छन् । धामीका अनुसार स्नातकतर्फ बिपीएचमा ३८, एमबिबिएसमा १३ र स्नातकोत्तरतर्फ एमडिजीपीमा ३, एमडी एनेस्थेसियामा १ र एमडी पेडियाट्रिक्समा १ जना गरी ५८ जना विद्यार्थीहरु दीक्षित भएका हुन । प्रधानमन्त्री ओलीले दीक्षान्त समारोह पश्चात प्रतिष्ठानको शैक्षिक भवनको उद्घाटन समेत गरेका थिए । कर्णाली स्वास्थ्यविज्ञान प्रतिष्ठानले स्वास्थ्य सेवा, स्वास्थ्य शिक्षा र अनुसन्धानको क्षेत्रमा महत्वपूर्ण योगदान गरिरहेको प्रशासकीय अधिकृत अमृतबहादुर भण्डारीले बताएका छन् । दीक्षान्त समारोहपछिको सिनेट बैठकमा प्रतिष्ठानका भावी योजना र गतिविधिबारे थप छलफल भएको थियो ।

  • २९ कार्तिक २०८१, बिहीबार ०८:२८ प्रकाशित

  • Nabintech