पर्यटनमन्त्री बद्री पाण्डेलाई एक क्यासिनोलाई अनुमति दिदा करोडौं घुस लिएको आरोपको रहस्य खुलेको छ । मन्त्री पाण्डेलाई आरोप लगाउने नेपाली काँग्रेसककै टिकटमा गोरखाबाट प्रतिनिधिसभामा निर्वाचित सांसद राजेन्द्र बजगाइ हुन । बजगाइ विवादित पर्यटन व्यबसायी समेत हुन । बजगाईंको दावीमा एक दिन पनि टिक्न सकेनन् । समाचार बाहिरिएसँग राजधानीमा मंगलबार नै आयोजित एक कार्यक्रममा आफूले भैरहवास्थित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल सञ्चालन लगायत केही राम्रा कामको थालनी गरेपछि केही माफियाका मतियार आफ्ना विरुद्ध कोपोलकल्पित आरोप लगाउन उद्धत रहेको मन्त्री पाण्डेले भएको बताएका थिए । पाण्डेले आफूले कतै भ्रष्टाचार गरेको पुष्टि भए तत्कालै आफ्नो राजनीतिक जीवन तिलाञ्जली दिने प्रतिज्ञा दोहोर्याएका थिए । मन्त्री पाण्डेले सो आरोपको कडा प्रतिकार गर्दै मानहानी, चरित्र हत्या, साइवर अपराध र पार्टीको विधान विपरित अनुशासनहीन अभिव्यक्ति दिएका विषयमा कानुनी उपचार खोज्ने तयारी गरेपछि पाण्डेलाई आरोप लगाउने सांसद बजगाइले मंगलबार नै आफ्नो फेसबुक र ट्वीटरमा उनले ती सबै पोष्टहरु हटाएका छन् । यसबाट उनले लगाएको सो आरोपमा कुनै दम नभएको र उनले केही काँग्रेस नेतालाई समेत जोडेर सो पोस्ट गरेका थिए । सोही पोष्टका आधारमा केही अनलाइन मिडियाहरुले प्रमुख समाचार प्रशारण गरेका थिए । तर कतैबाट पनि उनको आरोप पुष्टि नभए पछि उनले पोष्ट हटाएको पुष्टि भएको हो ।
सांसद बजगाँइको सो आरोप पछि भैरहवाको रोयल टाइगर रिक्रियशनले विज्ञप्ति जारी गरी मन्त्रीमाथि लगाइएको आरोप निराधार भएको, बैदेशिक लगानी नेपाल भित्र्याउन नदिने केही माफियाले यस्तो प्रचारबाजी गरेको जनाएको थियो । अत्यन्त विवादित र विदेशमा कालो धन राख्ने ५५ नेपालीको सूचिमा समेत परेका सांसद बजगाईंले केही समय पहिले मदिरा सेवन गरी प्राइम टेलिभिजनमा अन्तर्वार्ता प्रशारण भए पनि उनले सो भिडियो हटाउन लगाएका थिए । मदिराले मातेको बेला बजगाँइले विगतमा पनि अन्टसन्ट पोष्ट गर्ने गरेको उनी निकटहरुले बताउने गरेका छन् ।