बाल विबाह न्युनिकरण गर्न यौन स्वास्थ्य शिक्षाको आवश्यक

  • सनत हमाल

  • बाल विबाह न्युनिकरण गर्न यौन स्वास्थ्य शिक्षाले महत्त्वपूर्ण भुमिका पुर्‍याउछ। बाल विवाहको प्रमुख कारणहरूमा यौन स्वास्थ्य शिक्षा सम्बन्धी कम ज्ञान गरीबी र परम्परागत सामाजिक मान्यता, भयकै कारणले पनि बाल बिबाह हुने गर्छ।

    यौन स्वास्थ्य शिक्षाले किशोर-किशोरीहरूलाई शारीरिक र मानसिक स्वास्थ्यबारे जानकारी दिन्छ। यसले उनीहरूलाई बाल विवाहका सम्भावित हानिकारक परिणामहरू जस्तै गर्भधारणका जटिलताहरू, मातृ मृत्युदरको वृद्धि, र मानसिक स्वास्थ्य समस्याहरूका बारे सचेत बनाउँछ।

    यौन स्वास्थ्य शिक्षा पाएपछि किशोरीहरूले आफ्ना शरीर र भविष्यबारे सही निर्णय लिन सक्छन्। यसले उनीहरूलाई विवाहित हुने उमेरमा मात्र विवाहको निर्णय गर्न हौसला प्रदान गर्छ।

    यौन शिक्षा कार्यक्रमहरूले बालिका तथा महिलाहरूलाई शिक्षा र रोजगारको महत्त्व बुझाउन मद्दत गर्छ। यसले उनीहरूलाई आफ्नो अधिकारहरूबारे सचेत गराउँछ र विवशतामा परेर विवाह गर्ने सम्भावना घटाउँछ।

    जब समुदायका सदस्यहरू यौन स्वास्थ्य शिक्षा र यसका लाभहरूबारे सचेत हुन्छन्, उनीहरूको बाल विवाहप्रति रहेको दृष्टिकोणमा परिवर्तन आउन सक्छ। यसले परम्परागत सोच र मान्यताहरूलाई चुनौती दिन सक्छ र बाल विवाहविरुद्धको वातावरण सिर्जना गर्न मद्दत गर्छ।

    यसरी, यौन स्वास्थ्य शिक्षाले किशोर-किशोरीहरूलाई जानकारीमूलक, सशक्त र स्वायत्त बनाउँछ, जसले बाल विवाह न्यूनीकरणमा ठुलो योगदान पुर्‍याउँछ।

    यौन स्वास्थ्य शिक्षाका यी पहलहरूले स्थानीय किशोर-किशोरीहरूलाई आफ्नो स्वास्थ्यबारे सचेत बनाउन, सुरक्षित अभ्यासहरूबारे जानकारी दिन, र बाल विवाहको जोखिमलाई घटाउन महत्त्वपूर्ण योगदान पुर्‍याउँछ।

    विद्यालयहरू र सामुदायिक केन्द्रहरूमा यौन स्वास्थ्यबारे कार्यशाला आयोजना गरी बालबालिका र किशोर-किशोरीहरूलाई उनीहरूको शरीर, प्रजनन स्वास्थ्य, र सुरक्षित यौन व्यवहारका बारेमा जानकारी

    बालिकाहरूलाई लक्षित गरी विशेष कार्यक्रमहरू सञ्चालन गरिन्छ जसले उनीहरूलाई आफ्नो अधिकार र स्वास्थ्यको महत्त्व बुझ्न मद्दत गर्छ।

    मुगुमा बाल विवाह लगायत विभिन्न क्षेत्रमा लामो समय देखि काम गर्दै आयको कर्णाली ग्रामीण  उत्थान तथा समाज बिकास केन्द्र (सिडिएस पार्क) ले बिभिन्न कार्यक्रमहरु मार्फत बालबिबाह न्यूनीकरणका लागि समुदायक विद्यालयहरुमा RIGHT HERE RIGHT NOW 2 कार्यक्रम संचालन गरिरहेको यस कार्यक्रमलाई प्रभावकारीबनाउन युवायुवतीहरुलाई विद्यालयमा बृहत यौन स्वास्थ्य शिक्षा लागु गरेको । बाल विवाह र यौन स्वास्थ्य सम्बन्धी गलत धारणाहरू हटाउन अभिभावक र समुदायका अगुवाहरूसँग छलफल र परामर्शगरिनुका साथै समुदाय बिद्यालयहरुमा समूह बनाएर यौन तथा प्रजनन स्वाथ्य्य सम्बन्धि जानकारी समेत गराइयको र  जस मार्फत समुदायक र छायानाथ रारा नगरपालिकाका सबै सामुदायिक बिद्यालयहरुका बालबालिकाहरुले फाइदा पाउने संगै बाल बिबाह न्यनिकरणमा टेवा पुग्ने विश्वास गरियको सिडिएस पार्कका कार्यकारी निर्देशक अज बहादुर शाहीले बताय।

    बालविवाहले गर्दा स्वास्थ्य,समुदाए घर परिवारमा पर्ने असर तथा प्रभाब बारेमा जानकारी गराइ बालविवाह गरे पछिकानुनी कारवाहीका बारेमा सचेतना तथा वकालत गर्ने गरेको विभिन्न सञ्चार माध्याम तथा रेडियो मार्फत जिङ्गल बालविवाहले पार्ने असरलाइ सडक नाटक मार्फत समुदाए बिधालयलाई सचेतना गराएको शाहहीले बताय।

    यस्तै बालविवाह न्यनिकरण सम्बन्धि कार्यक्रममा स्थानिय सरकार, प्रदेश सरकार, संघ सरकार र सबै स्थानिय बासिहरु दत्तचित्तका साथ सहयोगमा जुटे बालविवाह रोक्नमा मदत पुग्ने बिश्वास गरियको छ।

  • २५ कार्तिक २०८१, आईतवार १३:१३ प्रकाशित

  • Nabintech