हुम्ली एकता समाज बाँकेको दिपावलीको अवसरमा देउसी भैलो कार्यत्रलम गरिरहेको छ । “सामुहिक जमघट हाम्रो आवश्यकता, बाँकेमा हुम्लीहरुको एकता र साँस्कृतिक संरक्षणको सुनिश्चितता” भन्ने मुल नाराका साथ बाँकेमा हुम्ली एकता समाजले पहिलो पटक देउसी आयोजना गरेको हो । सामाजिक कार्यका लागी सो देउसी भैलो कार्यक्रम गरिएको हुम्ली एकता समाज बाँकेले जानकारी दिएको छ । सो देउसी भैलोमा देउडा सस्कृतीलाई बचाउदै देउडाको माध्येमबाट साथै मौलीक गितबाट भैलो खेलिरहेको हुम्ली एकता समाज बाँकेले खेलिरहेको छ । सो भैली कार्यक्रमकमा चर्चित देउडा खेलाडी चक्र मल्ल, त्यस्तै पदम मल्ल, पिउली सुनार लगाएत देउडा खेलाडीले देडा खेल मार्फत हुम्ली लगाएत कर्णालीका देउडा पारखीलाई रमाईलो प्रदान गरिरहनु भएको छ । बाँकेमा देउसी भैलो कार्यक्रममा देउडा खेलिनु अत्यन्तै राम्रो भएको र आउदा दिनहरुमा कर्णालीको कला सस्कृती बचाउनको लागी आफु संधै लागी पर्ने देउडा खेलाडी तथा सफल ब्यापारी चक्र मल्लले बताए । हुम्ली एकता समाज बाँकेले हुम्लाबाट बाँकेमा आई बसोवास गरिरहेका हुम्लीहरुका घरमा पुगी देउसी भैलो खेलिरहेको हुम्ली एकता समाजका सचिब तथा देउसी भैलाे संयाजक अमर सिंह महताराले जानकारी दिए ।
विगत लामो समय देखि कर्णाली प्रदेशका अधिकांश मानिसहरुको विभिन्न पेशा, व्यवसायी गरेर बाँकेका विभिन्न स्थानमा बसिरहेका, जागिर वा अन्य पेशामा रहेर बाँकेलाई कर्मथलो बनाइ बसेका, जन्म थलो हुम्ला भएका तर बसाइसराई गरी बाँके आएका सम्पूर्ण हुम्लीहरुको बिच बन्धुत्व र एकता कायम राख्दै मानव सेवामा सहयोग गर्ने उद्देश्यले हुम्ली एकता समाज गठन गरिहेको हो । ७ वटा स्थानीय तह रहेको हुम्ला जिल्लाका प्राय सबै स्थानीय तहहरुबाट नै मानिसहरु कुनै न कुनै कामका लागि बाँके आएर बसेका छन् । अहिले पनि कर्णाली प्रदेशका अधिकांश जिल्लाहरु नेपालको र्दुगम हिमाली जिल्लाहरुमै पर्दछन् । त्यहाँका सबै नागरिकहरु बिरामी हुँदा भरपर्दो र विशेषज्ञ स्वास्थ्य सेवा लिन पनि बाँकेकै विभिन्न अस्पतालहरुमा आउनु पर्ने बाध्यता छदैछ । उपचारकै लागि पनि हुम्लाबाट बाँके आउदा उनीहरुलाई आइपर्ने विभिन्न समस्याहरुमा सहयोगी भूमिका निर्वाह गर्न पनि हुम्लीहरुको एकता हुनु आवश्यकता महशुस गरिएको छ ।
हुम्ली एकता समाज गठन गरेर यसले हुम्लाबाट बाँके आएका हुम्लीहरुलाई पर्ने विभिन्न समस्याहरुमा सहयोग गर्ने ।जस्तैः बिरामी भई आएका हुम्लीहरुलाई आवश्यक पर्ने रगतको व्यवस्थापन गर्ने, औषधी उपचार, हुम्लाको स्थानीय लोकसांस्कृतिको बाँकेमा पनि प्रचार प्रसार गर्दै नयाँ पुस्तामा यसको संरक्षण गराउने, हुम्लामा हुने प्राकृतिक र जैविक विविधता र त्यसको महत्व बारे पहिचान गराउने तथा बजारीकरणको व्यवस्था समेत गर्ने गराउने विषयमा यो हुम्ली एकता समाजले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ । सो देउसी भैलो कार्यक्रममा प्रतिनिधी सभा सदस्य माननिय रंगमती शाही , ताँजाकोट गाउपालिका नि .बर्तमान अध्यक्ष तथा समाज सेवी बाग्दल मल्ल , राप्तीसोनारी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दान बहादुर ऐडी, लगाएतको उपस्थिति रहेको थियो । देउसी भैलोबाट संकलन भएको रकम समाजिक कार्य तथा संस्था दर्ता लगाएतको काममा खर्च हुने आयोजकले जानकारी दिएको छ ।