एकपटक हरेक नेपाली पुग्नै पर्ने पर्यटकीय गन्तव्य लोलुङ्ग भञ्ज्याङ्

  • नमस्ते कर्णाली

  • चीनको सिमाना सँग जोडिएको हुम्ला जिल्लाको नाम्खा गाउँपालिकाको उत्तरी सीमानामा रहेको लाप्चा नाका नेपाल र चीनबीचको महत्वपूर्ण नाका हो । यो हुम्लाको सदरमुकाम सिमिकोट देखी करिब १ सय ६ किलोमीटरको दुरीमा रहेको यो नाका करीब ५ हजार २ सय मिटरको उचाइमा पर्छ । यो नाकाबाट चीनको स्वशासित क्षेत्र–तिब्बतको भुभागमा रहेको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको पवित्र धर्मस्थल–मानसरोवर र कैलाशककुट पर्वतको मनमोहक एवम् रमणीय दृश्यावलोकन गर्ने पाइन्छ । बिहान सबेरै जीप तथा मोटर साइकलमा सदरमुकाम सिमिकोटबाट हिडेमा नाम्खा गाउँपालिका–६ मा पर्ने टाक्ची वा तोलुङ्को स्थानीय होटेलमा बास बसेर सोही सवारी साधनबाट भोली पल्टको बिहानै करीब २ घण्टाको समय पार गरेपछी लाप्चा नाकामा पुगिन्छ ।
    सिमिकोटबाट लाप्चाका लागि भ्रमणमा जादा बिचबाटोमा रमणीय जङगल, लोपोन्मुख जङगली जनावरहरु, विभिन्न प्रजातिका चराचुरुङ्गी, चट्टान तथा पहाडका आकर्षक दृश्य एवम् रमणीय भ्यालीको दृश्यावलोकन गर्न पाइन्छ । यात्राको क्रममा बाटोमा पाइने च्याछहरा झर्ना, चुइगुल, चुचुरा(जोग्राफी च्यानलमा समेत प्रसारित हुनेगरेको),छुङ्सा भ्याली, सेलीमा ताल, न्यालु लेक, सास्कृतिक सङ्ग्राहलयरुपी लिमी भ्याली, नजिकैबाट जंगली चौरी,नावरका बथान, जंगली घोडा, च्याखुरा, डाफे लगायतका विभिन्न जातिका चराचुरुङ्गी,विभिन्न प्रजातिका बिरुवा,फूल, जडीबुटी एवम् विभिन्न भ्यालीको दृश्यावलोकन समेतगर्न पाइन्छ । जसबाट यात्राको थकानसमेत मानिसले बिर्सन्छ र मन आनन्द
    हुन्छ । यसको साथै स्थानीय भेषभुषा एवम् सस्कृतिको बारेमा पनि हेर्न र बुझ्न पाइन्छ । यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्या पनि दिनप्रतिदिन बढिरहेको पाइन्छ । यस्तो महत्वपूर्ण ठाउँको जो कोहीले पनि अध्ययन भ्रमण गर्न सके अत्यन्त उपलब्धिमुलक हुन सक्ने कुरामा दुई मत छैन । अत्यन्त धेरै महत्व बोकेको लाप्चा नाका स्थान सम्म जाने–आउने सडकको बिस्तार एवम् स्तरोन्नति गर्न÷गराउनका सकेमा यो स्थान अन्तराष्ट्रिय पर्यटकको समेत महत्वपूर्णगन्तव्य हुन सक्ने भएकाले यसका लागि तीनवटै तहका सरकारको गम्भीर रुपमा ध्यान जान आवश्यक रहेको एमाले कर्णाली प्रदेश इन्चार्ज समेतरहेका गोरख बहादुर बोगटी बताउछन् ।

  • १३ कार्तिक २०८१, मंगलवार १९:२३ प्रकाशित

  • Nabintech