भन्सार छली गरेका सामान र गाडी बरामत

  • नमस्ते कर्णाली

  • भन्सार छली गरी नेपाल भित्र्याइएका सामानहरु प्रहरीले बरामत गरेको छ । सोमबार भारतबाट अबैध रुपमा भन्सार छली चोरी पैठारी बाट ल्याइएका सामानहरु बरामत गरिएको हो । नेपालगञ्ज उपमहानगरपालिका–२ घरबारी टोलबाट कटन, उलनको कुर्ता सुरुवाल तथा स्वेटर गरी रु २ लाख ६९ हजार चार सय पचास र सो सामान ल्याउन प्रयोग गरिएको भारतीय नम्बर प्लेट UP 16 AD 6682 नम्बर प्लेटको कार र सो कारको अन्दाजी मुल्य रु ६ लाख ५० हजार गरी जम्मा रु ९ लाख १९ हजार चार सय पचास बराबरको सामान बरामत गरिएको बाँके प्रहरीले विज्ञप्ति मार्फत जानकारी गराएको छ । बरामत गरिएको लत्ताकपडा गाडी र ढुवानीमा संलग्न दुई जना मानिस समेतलाई आवश्यक कारबाहीको लागि भन्सार कार्यालय नेपालगंजमा बुझाइएको बाँके प्रहरीले जनाएको छ ।

  • ६ कार्तिक २०८१, मंगलवार १२:२९ प्रकाशित

  • Nabintech