सरकारलाई माधव नेपालको चेतावनी

पार्टी विभाजन गर्ने अध्यादेश ल्याउने दुस्साहस नगर्नोस्


  • नमस्ते कर्णाली

  • पूर्व प्रधानमन्त्री समेत एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पार्टी विभाजन गर्ने अध्यादेश ल्याउने दुस्साहस नगर्न सरकारलाई चेतावनी दिएका छन् । सोमबार पार्टीको लुम्बिनी प्रदेश स्तरीय विस्तारित बैठकलाई कपिलवस्तुमा सम्बोधन गर्दै अध्यक्ष नेपालले अरूलाई सिध्याउने हिटलरी शैलीलाई परित्याग गर्न घुराउरो शैलीमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी दिएका हुन् । सरकारले अरू पार्टीलाई टुक्¥याउने दुस्साहस गरे त्यसको परिणाम नराम्रो हुने उनले चेतावनी दिए । उनले भने, ‘मलाई सूचना आएको छ कि यो सरकारले अध्यादेश ल्याउन खोज्दै छ रे , म भन्छु खबरदार , अरू पार्टीलाई टुक्¥याउने दुस्साहस यो सरकारले गर्छ भने त्यसको परिणाम नराम्रो हुनेछ ।’
    ख्याल होस्, अरूलाई सिध्याउँछु भनेर लाग्नेहरू आफैं समाप्त भएर जान्छन् । संसारको इतिहासले यही बताएको छ । म संसारलाई समाप्त गर्छु भन्ने हिटलर मर्ने बेलामा एक्लो भएर मरेको थियो । त्यसैले हिटलरी शैलीलाई परित्याग गर्नुस्।’
    त्यस्तै पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आगामी निर्वाचनमा एकीकृत समाजवादी एक्लै चुनावी प्रतिस्पर्धामा जाने बताएका छन् । आइतबार नेकपा एकीकृत समाजवादी कोहलपुर नगर कमिटी पार्टी कार्यालयमा नेता कार्यकर्तालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री नेपालले वर्तमान एमाले काँग्रेसको मिलीजुली सरकारकोे आलोचना गर्दै सरकार अधिनायकवादको बाटोमा रहेको बताएका हुन । अध्यक्ष नेपालले देशब्यापी रूपमा पार्टीको संगठन बिस्तार सँगै अब आगामी निर्वाचनमा नेकपा एकीकृत समाजवादी एक्लै चुनावमा जानलाई तयार भएको बताए । नेपालले भने, ‘सरकारले बाढीपहिरो पीडित नागरिकलाई सुरक्षित ब्यवस्थापन र उद्वार गर्नमा असक्षम देखियो । ‘सरकारलाई जनताले हेरी सके । दशैं गयो अब तिहारले सरकारलाई सद्बुद्वि देओस्।’ उनले भने, ‘पार्टी एकिकरण अथवा कुनै पार्टीमा समाहित हुने कुरा निराधार भएकोले नेकपा एकीकृत समाजवादी पार्टी जनताको भएकोले जनताको बिचमै जनताको समस्या साथमा लिएर सधैं समाधानको पक्षमा छ ।’ अध्यक्ष नेपाल पार्टीको संगठन बिस्तार एवं कार्यकर्तालाई प्रशिक्षण गर्दै देश दौडाहामा छन् । यही क्रममा उनले आइतबार कोहलपुरमा पार्टी, नेता कार्यकर्तालाई सम्बोधन गरेका हुन् । सोमबार उनी कपिल्बस्तु पुगेका छन् ।

  • ६ कार्तिक २०८१, मंगलवार १२:०९ प्रकाशित

  • Nabintech