कर्णाली जल वायु परिबर्तन कार्यशाला घोषणपत्र जारी

  • सनत हमाल

  • कर्णाली जल वायु परिबर्तन कार्यशाला  बुदे घोषणपत्र  जारी गर्दै एक कार्यक्रमका बिच सम्पन्न भयको छ।

    शनिबार देखि मुगुको रारा तालको किनारमा बन तथा बाताबरण मन्त्रालय जलवायु परिवर्तनका क्षेत्रमा काम गर्दैआएको संस्था साथसाथैले संयुक्त रुपमा आयोजना गरेकोकोप२९को पूर्व तयारी जलवायु परिवर्तनलेकर्णालीमा पारेको असरका बारेमा दुई दिने कार्यशाला पाँचबुँदे घोषणा पत्र जारी गर्दै सम्पन्न भएको

    संघिय वन तथा वातबरण मन्त्रालय साथसाथै फाउण्डेसनले आयोजना गरेको कोप२९ को पुर्व तयारी जलबायुपरिवर्तनले कर्णालीमा पारेको अवसर असर बारे भएको सम्मेलनमा संघिय वन तथा वातबरण मन्त्री ऐन बहादुरशाहीको उपस्थितीमा प्रदेश तथा स्थानिय प्रतिनिधी संघ संस्थाका प्रतिनधी सहित बिज्ञहरुको छलफलले बुधेघोषणपत्र जारी गरिएको हो

    आईतबार जारी गरिएको बुधे घोषणपत्रमा जलबायु परिवर्तनका कारण समग्र नेपाल उच्च जोखिममा भएको कर्णाली प्रदेशमा जा्खिमता साथै यस क्षेत्रको जलबायु परिवर्तनसंग जुध्ने क्षमता अत्यन्त्य कम रहेको बिषयमासम्मेलनमा बिशेष छलफल तथा अन्तरकृया गरियो,स्थानिय, प्रादेशिक संघिय सरकारले कार्यान्वयन गर्ने नियमितविकास निमार्णका कार्यक्रमहरु जलबायु परिर्वतन सम्बन्धि जोखिम ब्यवस्थापन जलबायु मैत्री क्रियाकलापहरुकार्यान्वयन गर्न बिशेष प्राथमिकता साथ उठान गर्दै, जलबायु परिर्वनका कारण महिला,बालबालिका,युवा सिमान्तकृतसमुदाय लगाएतमा परेको प्रभाव,जोखिमता जलबायु न्याय सम्बन्धी बिषयलाई अन्तराष्ट्रिय स्तरमा बिशेषप्रथामिकता साथ उठान गरिने उक्त घोषणपत्रमा उल्लेख गरिएको

    घोषणपत्रमा नेपालमा जलबायु  परिर्वतनले पारेको प्रभाव संग जुध्न साथै जलबायु मैत्री बिकासका अबसर प्राप्त गर्नअनतराष्ट्रिय समुदायको सहकार्यलाई बिशेष जोड दिईने जलबायु परिर्वतनले स्थानीय जनजीबीकामा पारेकोअसर प्राकृतिक विपदको बैत्रानिक लेखाजोखा गर्दै जोखि ब्यवस्थापन असर कम गर्दै राष्ट्रिय, प्रदेश स्थानियतहको क्षमता अभिबृद्धि गर्दै आसन्न कोप२९ मा नेपालमा जलबायु परिर्वनले पारेका असर प्राप्त हुन सक्नेअवसरहरु, साथै जलबायु मैत्री कार्यक्रमहरु कार्यान्यन गर्न जलबायु बित्तको आबश्यकताका बारे बिशेष पहल गरिने बुधे घोषण पत्रमा जारी गरिएको

    सो कार्यक्रममा बोल्दै बन तथा बाताबरण मन्त्री शाहीले नेपालले केही गल्ती नै नगरी अन्याय भोग्नु परेकोले क्षेतीपूर्तीको लागि सरकारले अन्तरष्टिय फोरममा आवाज उठाउने बताउनु भएको

    उहाँले संयुक्त राष्टसंघिय जलवायु संम्मेलनमा जलवायु कोषको रकम क्षतिपूर्ती स्वरुप पाउनको लागि आवश्यकगृहकार्य भई रहेको जानकारी दिनुभयो

    मन्त्री शाहीले यस अघिको बजेटमा जलवायु न्यायका लागि काम गर्ने बजेट न्यून रहेकोले आगामी बजेटमा सरकारलेध्यान पुराउने दृढता राख्नुभयो   जलवायु परिवर्तनका असरले कर्णालीका जनतालाई परेको असर सहित कर्णालीकोअवाजलाई यसपटक कोप २९ मा पुराउने बताउनु भयो ,

    कार्यक्रम आयोजक साथसाथै संस्थाका अध्यक्ष प्रजिता कार्कीले राराको सुन्दरता, छाँयानाथ हिमाल लगायतकोहिमालको आकषण जलवायु परिवर्तनको कारणले घट्र्द गएको प्रति चिन्ता व्यक्त गर्नुभयो हामी कर्णालीमा यहाँकोजनजीवनान जलवायु परिवर्तनले पारेको असर बुझुुन कर्णालीका आवाज .विश्वमाझ पुराउन आएका हौ कार्कीलेभन्नुभयो

    रारामा भएको जलवायु सम्मेलनमा पूर्व परराष्ट्र मन्त्री डा. विमला राई पौडेल, जलवायु विज्ञ डा मञ्जित ढकालमन्त्रलालयकाृ सलहकार डा माधव कार्की, मन्त्रालयका उपसचिव दिपा वली, एनटीएनसीका सदस्य सचिव नरेशसुवदी, नेपालपर्यटनबोडका निर्देशक श्रद्धा श्रेष्ठ, योनिक अल्पसंख्यक अभियन्ता भुमिका श्रेष्ठ, प्रेस काउन्सिलनेपालका अध्यक्ष बालकृष्ण बस्नेत, हेलम्बु गाउपालिकाका प्रमुख निमा ग्याल्जेन शेर्पा, खुम्बु पासाङ्ग गाउपालिकाउपप्रमुख टासी लामाले विभिन्न प्रस्तुती राख्नु भएको थियो ।सो अवसरमा स्थानीय तथा जलवायु परिवर्तनको असरभोगेका विभिन्न पालिकाका जनप्रतिनिधि, संरक्षण विदसंग प्यानल छलफल गरिएको थियो।

  • ४ कार्तिक २०८१, आईतवार १९:५६ प्रकाशित

  • Nabintech