सुईना कर्णालीले “रारा–खत्याड गोल्ड–कप” प्रतियोगिता गराउने

  • नमस्ते कर्णाली

  • मुगु जिल्लामा बि.स.२०७८ सालमा दर्ता भै विभिन्न सामाजिक तथा चेतनामुलक कामहरु गर्दै आइरहेको सुईना कर्णाली (कर्णालीको सपना) भन्ने संस्थाले यही कार्तिक ७ गते देखि “प्रथम रारा–खत्याड च्याम्पेनसिप गोल्ड–कप प्रतियोगिता” सञ्चालन गर्ने लागेको जानकारी गराएको छ । खत्याड गाउँपालिका वडा नं ३ र सुईना कर्णाली मुगुको संयुक्त आयोजना तथा खत्याड गाउँपालिकाको सहयोगमा सो प्रतियोगिता गराउन लागेको सुईना कर्णालीका अध्यक्ष अनिल बानिँयाले जानकारी गराए । प्रतियोगिता पुरुष खुला तर्फ फुटबल र भलिबल तर्फ महिला/पुरुष खुला रहने बताइएको छ । खत्याड गाउँपालिका–३ जुगामा रहेको कालिका माध्यामिक विद्यालयमा यो प्रतियोगिता हुने आयोजना गरिएको हो । “प्रथम रारा–खत्याड च्याम्पेनसिप गोल्ड–कप प्रतियोगिता” मुगुमा पर्यटक समेतको आकर्षणको केन्द्र बनाउने उद्देश्यले आयोजना गर्न लागेकाले सबै खेल प्रेमी दर्शकहरुलाई आमन्त्रण गरिएको र इच्छुक खेलाडीहरुले आफनो टिम बनाई यही कार्तिक ७ गते विहान १० बजे भित्र आफ्नो टिम दर्ता गरिसक्नु पर्ने छ । टिम दर्ता गराउँदा फुटबल खेलका लागि १२ जना खेलाडी र एक जना व्यवस्थापक गरी १३ जना र भलिभल खेलका लागि ९ जना खेलाडी र एक जना व्यवस्थापक गरी १० जना सहितको नाम समावेश गर्नु पर्ने छ । फुटबल टिमको दर्ता शुल्क रु चार हजार र भलिबल टिमको दर्ता शुल्क रु पच्चीस सय रहेको छ । साथै खेलाडी र व्यवस्थापक समेतको खाना र बासको आफै व्यवस्था गर्नु पर्ने आयोजकले जानकारी गराएका छन् । प्रतियोगितामा फुटबलमा प्रथम हुने टिमले नगद रु साठी हजार, कप, मेडल र प्रमाणपत्र पाउने छन् । त्यस्तै दोश्रो हुने टिमले नगद रु बीस हजार, मेडल र प्रमाणपत्र पाउने छन् भने तेश्रो हुने टिमले मेडल सहित प्रमाणपत्र पाउने छन् । त्यस्तै भलिबल तर्फ प्रथम हुने टिमले नगद रु तीस हजार, मेडल र प्रमाणपत्र पाउने छन् । दोश्रो हुने टिमले नगद रु दश हजार, मेडल र प्रमाणपत्र तथा तेश्रो हुने टिमले मेडल र प्रमाणपत्र पाउने छन् । साथै खेल प्रतियोगितामा उत्कृष्ट खेलाडीहरुलाई समेत विशेष पुरस्कारको व्यवस्था गरिएको आयोजक संस्था सुईना कर्णालीका अध्यक्ष अनिल बानिँयाले नमस्ते कर्णाली समाचारदातालाई जानकारी गराएका हुन ।

  • ३ कार्तिक २०८१, शनिबार १०:०७ प्रकाशित

  • Nabintech