बाजुरा जिल्लाको हिमाली गाउँपालिकाको बिच्छ्या स्वास्थ्य चौकीमा कार्यरत नर्सिङ अधिकृत प्रेमकला मल्लको ५२ बर्षकाे उमेरमा निधन भएको छ । ३० बर्षदेखी दुर्गम गाउँ हिमालीमा कार्यरत नर्सिङ अधिकृत मल्लको हृदयघातका कारण मृत्यू भएको हिमालली गाउँपालिकाले जानकारी दिएकाे छ ।
बाजुरा नजिकै हुम्लामा दिदीको घरमा गएको बेला एकाएक बिरामी भएकी र हिमाली गाउँपालिकाकाे समन्वयमा कोल्टी आधारभुत अस्पतालमा पुर्याउनै लाग्दा मृत्यु भएको हिमाली गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राज बहादुर भण्डारीले बताएका छन ।
नर्सिङ अधिकृत मल्लले हाल केही समय देखी हिमाली गाउँपालिका स्वास्थ्य शाखा प्रमुखकाे जिम्मेवारी समाल्दै आएकी थिइन् । बाजुराको अति विकट बिच्छ्या घरघरमा पुगेर सेवा गरिरहेकी अनमी मल्लको निधनले हिमाली गाउँपालिका शोकमग्न बनेको छ ।