अनेमसंघकी केन्द्रीय सदस्यसमेत रहेकी धितालले प्रगतिशील व्यवसायिक समुहकाे नेतृत्व गर्नेछिन् । उनी काेहलपुर उद्योग वाणिज्य संघकाे अध्यक्ष पदका लागि उम्मेदवारी दिने प्रथम महिलासमेत हुन् । उनलाई नेकपा माओवादी केन्द्रलेसमेत समर्थन गरेकाे छ । उनले उम्मेदवारी घाेषणा सभामा बाेल्दै काेहलपुरमा नयाँ इतिहास रच्ने ध्येयका साथ उम्मेदवारी दिएकाे बताइन् ।
उनका अनुसार संघलाई नयाँ उचाइ दिनकाे प्रगतिशील व्यवसायिक समुहले जित्न जरुरी छ । संघकाे २५ वर्ष लामाे इतिहास छ । यसकाे आफ्नै गाैरव छ । स्थानीय बजार विस्तार र व्यवस्थापन मेराे प्राथमिकता हुनेछ ।´, उनले भनिन् । कोहलपुर उद्योग बाणिज्य संघमा विशेषगरी नेपाली कांग्रेस र एमालेबीच नै प्रतिस्पधौ हुँदै आएको छ । पछिल्लो समय नेपाली कांग्रेसले बहुमतका साथ संघमा नेतृत्व लिँदै आएको छ । पछिल्लो समय संंघमा एमालेले आफ्नो वर्चस्व गुमाउँदै आएको छ । यसअघि भएकाे चुनावमा नेपाली काँग्रेस निकट व्यवसायीहरूकाे प्यानल नै विजयी भएकाे थियाे । कोहलपुर उद्योग वाणिज्य संघको निर्वाचनका लागि प्रगतिशील व्यवसायिक समुहद्वारा उम्मेदवार घोषणा गरिएकाे छ । उम्मेदवार घोषणा सभामार्फत अध्यक्ष पदमा अन्जना धिताल, वरिषठ उपाध्यक्ष भुपेन्द्र काफ्ले उद्योग, उपाध्यक्ष अर्जुन सुवेदी,वस्तुगत उपाध्यक्षमा रुपक भुजेल र महासचिव दिपक अर्यालले उम्मेदवारी घाेषणा गरेका हुन् । यस्तै उपमहासचिवमा गोपाल अधिकारी,कोषाध्यक्षमा गंगा बगाले,सह कोषाध्यक्षमा टंक खनाल, सदस्यहरू कृष्ण रानाभाट, भवानी कँडेल, रविप्रसाद कर्मचार्या, मोतिप्रसाद सुवेदी, अस्मिता केसी, परिर्वतन बिश्वकर्मा, राजिव शर्मा, प्रतिमा खड्का, अंकित सिग्देल,एकबहादुर खड्का र बिक्की थापा रहेका छन्