मुगु जिल्ला अस्पतालमा स शुल्क फार्मेसी संचालन

  • सनत हमाल

  • मुगु जिल्लाको जिल्ला अस्पतालमा अस्पताल बिकास समितिले संन्चालन गरेको शुल्क फार्मेसी संचालनमा आयको छ।

    एक कार्यक्रमका बिच कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारी र अस्पताल बिकास समितिकाअध्यक्ष गजेन्द्र बहादुर मल्लले संयुक्तरुपमा उद्घाटन गर्नुभयो।

    हाल सम्म जिल्ला अस्पतालमा फार्मेसि नहुदा बिरामीलाई सारै समस्या भयकोले अस्पताल समितिको बजेटबाट शुल्क फार्मेसी संन्चालनमा ल्यायको अस्पताल बिकास समितिका अध्यक्ष गजेन्द्र बहादुर मल्लले बताय।

    मल्लका अनुसार भौतिक रुपमा सामाजिक विकास मन्त्री घनश्याम भण्डारी जिल्ला अस्पतालमै पुग्नु भयको छ। यो पटक धेरै आसा गरेका छौ मुगुमा यो भन्दाअगाडि धेरै मन्त्री ज्युहरुको सवारी भयो तर आश्वासन बाहेक केही पाईयन खाली राराताल घुम्ने , अस्पताल हेर्न जानेतर बजेट शून्य आउने बताय। हामिले मन्त्री ज्यु लाई १५ शैया को अस्पताललाई तत्काल ५० शैयामा स्तरवीर्दी गर्ननर्सिङ क्वाटर नहुदा पुरानो जिर्ण भवनमा बस्न बाध्यता भयकाले आवासीय भवन निर्माण गर्न माग गरेको बताय।

    आफु भौतिक रुपमा अस्पतालमै पुगी अनुगमन तथा निरीक्षण समेत गरेको र अस्पताल बिकास समितिले माग गरेका कामहरुको आवश्यक रुपमा पहल गर्ने सामाजिक विकास मन्त्री घनश्याम भण्डारी प्रतिबद्धता समेत ब्यक्त गरे।

  • ९ आश्विन २०८१, बुधबार ०८:१३ प्रकाशित

  • Nabintech