स्याउ कृषकहरुलाई तिन दिने पोष्ट हार्भेष्ट तथा फलफुल प्रशोधन तालिम सम्पन्न

  • सनत हमाल

  • मुगु। जिल्लाका क्रियासिल स्याउ कृषकहरुलाई तिन दिने पोष्ट हार्भेष्ट तथा फलफुल प्रशोधन तालिम दिइएको

    प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना परियोजना कार्यान्वयन ईकाई मुगुको ..२०८१/०८२ को वार्षिकस्वीकृत कार्यक्रमको लक्ष्य अनुसार स्याऊको पोस्ट हार्भेष्ठ तथा प्रशोधन सम्वन्धि तालिम दिइएको । जिल्ला भरिका १८ जना क्रियासिल स्याउ कृषकको सहभागिता रहेको थियो

    स्याउवाट के कस्ता परिकार बनाएर कृषकले आर्थिकोपार्जन गर्न सक्छन स्याउवाट के कसरी आर्थिक लाभ लिनसकिन्छ भनेर स्याउवाट बनाइने स्याउकोजाम,जुस, जामजेली स्याउको सुकुटी(चाना)बनाउने तरिका सीप सम्बन्धिसहभागि कृषकहरुलाई तालिम दिइएको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना परियोजना कार्यान्वयन ईकाई मुगुका प्रमुख तेज बिक्रम मल्लले जानकारी दिए

    तालिमका सहभागिहरुलाई फलफूल प्रशोधन स्थानीय विज्ञ हरिकृष्ण बिष्टले तिन दिन सम्म स्याउबाट के कस्तापरिकार बनाउने सीप विकास आर्थिकोपार्जन सम्बन्धि प्रशिक्षण दिएका थिए।

     

    प्रशिक्षणकै क्रममा सहभागि कृषकहरुले स्याउको जाम,जेली जुस सुकुटी समेत तयार गरेका छन ।बर्षेनी कृषककोबारीमा स्याउ उत्पादन हुने तर बजारीकरणको अभावमा बारीमा कुहिएर खेर जाने गरेकोमा पोष्ट हार्भेष्ट तथा फलफुलप्रशोधन अन्तरगत स्याउको जाम,जेली जुस सुकुटी बनाउने सीप विकास सम्बन्धि ज्ञानले कृषकलाई स्याउबाट सहजरुपमा आर्थिक लाभ लिन मद्दत पुग्ने तालिममा सहभागी गुरु स्याङग्याप लामाले बताय

    तालिम समापन कार्यक्रममा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना परियोजना कार्यान्वयन ईकाई मुगुका प्रमुख तेज बिक्रम मल्ल, प्रशिक्षक हरिकृष्ण बिष्ट बाट सहभागि कृषकहरुलाई सीप ज्ञान प्राप्त प्रमाण पत्र समेत वितरणगरिएको थियो

  • ६ आश्विन २०८१, आईतवार १८:३९ प्रकाशित

  • Nabintech