छायाँनाथ रारा नगरपालिका साक्षर घोषणा

  • सनत हमाल

  • असोज २ मुगु

    छायाँनाथ रारा नगरपालिका साक्षर घोषणा गरिएको छ। ज्ञान,बिज्ञान,सीप,उद्दम र मौलिकता साझेदारी र प्रणालीगत सक्षमता भन्ने मुल नाराका साथ राष्ट्रिय शिक्षा दिवसको अवसरमा एक कार्यक्रम सहितनगरलाई जिल्लामा स्थानीय तहको तथा पहिलो नगरपालिकाको रुपमा घोषणा गरिएको छ। जिल्लाकाचार स्थानीय तह मध्ये छायाँनाथ रारा नगरपालीका साक्षर घोषणा हुनेमा पहिलो भएको छ।

    नगरपालिकामा रहेको कुल जनसंख्यामध्ये ९६ प्रतिशत अक्षर लेख्न चिन्न सक्ने भएपछि साक्षरताघोषणाका लागि सूचक पुरा भएको नगर प्रमुख बिष्णु कुमार भामले बताए।

    उनका अनुसार नगरपालिकाभर रहेको १५ देखि ६० वर्ष उमेर समुहको कुल जनसंख्याको ९६ प्रतिशतले नेपाल सरकारले निर्धारण गरेका १२ वटा सूचक मध्येवटा सूचक नगरपालिकाले पूरा गरेपछि औपचारिकघोषणा गरिएको हो।

    सरकारले साक्षरता घोषणाका लागि १२ वटा सूचक आधार बनाएको छ। निर्धारण गरिएका राष्ट्रभाषा वामातृभाषा बोल्न जान्ने, वर्ण वा अक्षरको पढाई लेखाई गर्न सक्ने, मोबाईल वा क्याल्कुलेटर चलाउन सक्ने, अंक चिन्न सक्ने वा सम्मको अंक लेख्न वा पढ्न सक्ने, हिसाब राख्न सक्ने, सामाजिक कार्यक्रममाआफ्नो विचार वा परिचय राख्न सक्ने सूचक मध्ये वटा पुरा भए साक्षर घोषणा गर्न सकिने छ।

    साक्षर नगरपालिका घोषणा गर्दै नगर प्रमुख भामले प्रविधिसँग खेल्न सक्ने जनशति तयार गर्नु प्रमुख चुनौतिरहेको बताए।

  • २ आश्विन २०८१, बुधबार १४:३८ प्रकाशित

  • Nabintech