हुम्ली एकता समाज बाँकेको बृहत भेला सम्पन्न

  • नमस्ते कर्णाली

  • बाँकेको कोहलपुरमा हुम्ली सेवा समाजको बृहत भेला सम्पन्न भएको छ । सामुहिक जमघट हाम्रो आवश्यकता,बाँकेमा हुम्लीको एकता,सास्कृतिक संरक्षणको सुनिश्चितता भन्ने मुल नाराका साथ सो भेला सम्पन्न भएको हो ।

    भेलाका जेष्ठ नागरिक विरमान खड्काको अध्यक्षतामा हुम्ली एकता समाज बाँकेको प्रथम भेला तथा तदर्थ समिति गठन कार्यक्रम संचालन भएको थियो । सो भेलामा ताँजाकोट गाउँपालिकाका पुर्व अध्यक्ष बाग्दल मल्ल, राप्ती रोनारी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दान बहादुर ऐडी,अदानचुली गाउँपालिका वडा ४ का वडा अध्यक्ष मनक्रषी पाण्डे, नेपालगञ्ज उपमहानगरपालिका वडा नं २० का पुर्व वडा अध्यक्ष कृष्ण कार्की , जेष्ठ नागरिक, समाजसेवी,कर्मचारी, ब्यापारी,पत्रकार लगाएत हुम्ला जिल्लाबाट बाँके जिल्लाबाट बसाइसराई तथा बसोबास गदै आएका करिब २०० जनाको उपस्थिति रहेको थियो ।

    भेलामा हुम्ली अगुवाले बाँकेमा पहिले नै हुम्ली सेवा समाज रहेको बताउदै पुन अर्को एकता समाज गर्दा केही समस्या हुने हुदा यसको बिकल्प खोज्नु पर्ने धारण राख्नु भएको थियो । लामो समय देखि निस्कृय रहेको हुम्ली सेवा सेमाजलाई पुनरजिवित गर्ने वा नयाँ एकता समाज गठन गर्ने बिषयमा केही मतभेद देखिएको थियो । बाँकेमा बिगत लामो समय देखि निस्कृय रहेको हुम्ली सेवा समाजलाई पुर्नजिवित गर्ने कार्यमा हुम्ली एकता समाजको भेलाले उक्त सेवा समाजलाई जिवन्त वनाउन पुरानो समिति संग छलफल गर्ने, कानुनी प्रक्रिया पुरा गरि सक्रिय वनाउन समन्वय समिति बनाउने निर्णय गरेको छ । सो समन्वय समितिको संयोजमा अशोक भण्डारी र चक्र मल्ललाई तोकेको छ । यस्तै नन्दखर जैशी सह संयोजक,सिंह धामी सह संयोजक , सदस्यमा कासि प्रसाद उपाध्याय,अर्जुन कार्की,खेमराज शाही रहेका छन । सो समितिले एक महिना भित्र हुम्ली सेवा समाज संग आपसी छलफल गरि सम्पुर्णकामहरु प्रक्रियागत रुपमा अगाडी बढाउने र बिधि विधान अनुरुपमा पुरा हुने गरि संस्था दर्ता नविकरण लेखापरिक्षण सहित अगाढी बढ्ने निर्णय भएको नेपालगञ्ज संयोजक चक्र मल्लले नमस्ते कर्णाली लाई जानकारी दिए ।


    बाँके जिल्लामा हुम्ला जिल्लाका मानिसहरूको बसोबास करिव ६०।७० वर्ष पहिलेदेखि भइरहेको र यहाँ हुम्ली समुदायका करिब ७०० भन्दा बढी घरपरिवार रहेका छन् । जसले गर्दा हुम्लीहरू विच मित्रात्मक भावनाको एकता गरी एक आपसमा सुख र दुखमा पलहरु सजिलै साठगाठ गर्न सजिलो बनाउन हुम्ली एकता समाजको गठन प्रमुख आवश्कता रहेको संयोजक तथा पत्रकार अशोक भण्डारीले बताउनु भयो । साथै उहाँका अनुसार हुम्ली एकता समाजको मुख्य उद्देश्य हुम्ली समुदायको एकता, संस्कृति र पहिचानको संरक्षण गर्नु हो यसका साथै हुम्लीहरूको सामाजिक, आर्थिक र शैक्षिक विकासमा योगदान पुर्याउने विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने र हुम्ली समुदायका सदस्यहरूलाई एकजुट गरि उनीहरूको हक, अधिकार र आवश्यकताहरूको लागि आवाज उठाउने काम गर्नको लागि संघर्ष गर्ने बताउनु भयो । सो भेलामा ताजाँकोट गाउँपालिकाका पुर्व अध्यक्ष बाग्दल मल्लले बाँकेमा हुम्ली एकता समाज बन्नु गर्बको कुरा भएको बतानु भयो । साथै उहाँले समाजको सेवा गदै सहि राजनिति गर्दा केहि फरक नपर्ने बतानु भयो । त्यस्तै राप्ती सोनारी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दान बहादुर ऐडीले पहिलेको केहि समय निस्कृय सहेको सेवा समाज संग समन्वय गरि बाँकेमा एउटै सेवा समाज गठन गर्नु पर्नेमा जोड दिनु भयो । साथै जति वडा सेवा समाज गठन गरेपनि हुम्लीकै सेवा गर्नु पर्ने र एउटा समाजको बिकल्प नरहेको बताउनु भयो । यस्तै अदानचुली गाउँपालिका चार नम्बर वडा अध्यक्ष ऋषि पाण्डेले हुम्लीहरु यसरी भेला हुनु अत्यन्तै सरानिय कार्य भएको बताउनु भयो यहाँका अनुसार हुम्ली एकता समाजले आउदा दिनहरुमा उल्लेखनिय कार्य गर्नको लागी शुभकामना समेत दिनु भएको थियो । सो भेलामा हुम्लाबाट बाँकेमा बसोबास गर्ने हुम्लीहरुको बाक्लो उपस्थिती रहेको थियो ।

     

  • २३ भाद्र २०८१, आईतवार ०८:५५ प्रकाशित

  • Nabintech