हुम्ली एकता समाज बाँके नयाँ गठन २२ गते गरिने

  • अशोक भण्डारी

  • बाँके- हुम्ली एकता समाज बाँके नयाँ गठन २२ गते गरिने भएको छ।

    हुम्ला जिल्ला मान्छेहरु बाँके जिल्ला नेपालगन्ज, कोहलपुर लगायत बाँके भित्र स्थायी अथवा स्थायी रूपमा बसोबास गर्दै आइरहेको उद्योग धन्दा, व्यवसाय, पढाई सिलसिला बस्दै आउनु भएको हुम्ली एकता समाज नयाँ समिति गठन भदौ २२ गते शनिबार कोहलपुर नगरपालिका वडा नम्बर ११ गोलपार्क नजिकै नमस्ते कर्णाली राष्ट्रिय दैनिक पत्रीकाको कार्यालय बिहान ११ बजे जम्मा भएर गरिने भएको छ।

    ´सामूहिक जमघट हाम्रो आवश्यकता, सहितको अभियानका साथ बाँके जिल्लामा हुम्लीको एकता र दिगो विकासको सुनिश्चितता” भन्ने मुल नाराका साथ बाँकेमा हुम्ली एकता समाजको नयाँ गठन हुने भएको छ। हुम्ला जिल्लाबाट आउनु भएको बाँके जिल्लाका बसाईसराई तथा बसोबास गरेर बस्नु भएका सम्पुर्ण हुम्लीहरुलाई एकता समाज गठन गर्न लागेको नमस्ते कणाली राष्ट्रिय दैनिकलाई जानकारी प्राप्त भएको छ।

    भाद्र २२ गते शनिबार कोहलपुरमा हुने हुम्लीहरुको भेलाबाट तसस्ट समिति गठन गर्ने बताएको छ। बाँकेका ८ वटै स्थानीय तहमा बसोबास गदै आइरहनु भएका सम्पुर्ण हुम्ली दाजुभाइ दिदि बहिनीहरुलाई २२ गतेको भेलामा उपस्थित हुनको लागी पत्रचार गरिएको छ।

  • २० भाद्र २०८१, बिहीबार १२:०७ प्रकाशित

  • Nabintech