सरस्वती सामुदायिक वन उपभोक्ता समुह द्धारा प्रदेश वन तथा वातावरण मन्त्री कुर्मीलाई स्वागत(फोटो फिचर)

  • नमस्ते कर्णाली

  • सरस्वती सामुदायिक वन उपभोक्ता समुह द्धारा प्रदेश वन तथा वातावरण मन्त्री बादशाह कुर्मीवन लाई स्वागत तथा सम्मान गरेको छ ।


    सरस्वती सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष नर बहादुर मल्लको अध्यक्षतामा ं लुम्विनी प्रदेशका वन तथा बातावरण मन्त्रीको कुर्मीलाई समुहको कार्यलयमा स्वागत गरेको हो । सम्मान तथा स्वागत कार्यक्रममा बोल्दै मन्त्री कुर्मीले वन संरक्षणको लागी सबै मिलेर अगाडी बड्नु पर्ने बतानु भयो । आफु भखरै मात्र वन मन्त्रीको कार्यभार समालेको हुनाले वन सम्बन्धी कार्यहरु बुजेर अगाढी बढ्ने बताउनु भयो । वनमा धेरै समस्या देखिएको हुनाले तुरुन्तै यसको ब्यबस्थापन गर्नु पर्ने उल्लेख गर्नु पर्ने बताउनु भयो । सामुदायीक वनले राम्रो गरिरहेको बर्तमान अबस्थामा आफु यसको संरक्षको लागी सहयोग गर्ने बताउनु भयो ।


    कार्यक्रममा बोल्दै सरस्वती सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष नर बहादुर मल्लले अधिकृत कर्णलाई स्वागत गर्न पाउदा खुसि लागेको बताए । साथै उपभोक्तालाई आर्थिक उन्नती गर्नको लागी बिभिन्न आयमुलक कार्यहरु गर्ने बताए । वन क्षेत्रमा रक्त चन्दन श्रखण्ड लगाएतका बिरुवाहरु लगाउनको लागी प्रस्ताब अगाडी बढाईको बताए । यसको लागी डिभिजन वन कार्यालय बाँकेले आबश्यक सहयोग तथा सहजिकरण गरिदिन अनुरोध समेत गरे । कार्याक्रममा सव डिभिजन वन कार्यालय कोहलपुरका रेन्जर दिप बहादुर शाही , सल्लाहाकार उमानन्द उपाध्याय, तथा कार्यसमितिका पदाधिकारी,सल्लाकार,उपसमितिका अध्यक्ष, उपभोक्ताहरुको उपस्थिति रहेको थियो ।

  • १९ भाद्र २०८१, बुधबार ०८:१८ प्रकाशित

  • Nabintech