सरस्वती सामुदायिक वन उपभोक्ता समुह द्धारा वन अधिकृत गुप्तालाई स्वागत(फोटो फिचर)

  • नमस्ते कर्णाली

  • सरस्वती सामुदायिक वन उपभोक्ता समुह कोहलपुर, बाँकेको आयोजनामा डिभिजन वन कार्यालय नेपालगञ्ज,बाँकेमा सरुवा भई आएका वन अधिकृत शंकर प्रसाद गुप्ता लाई स्वागत तथा सम्मान गरेको छ ।


    सरस्वती सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष नर बहादुर मल्लको अध्यक्षता एवं लुम्विनी प्रदेशका वन तथा बातावरण मन्त्रीको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको हो । सम्मान तथा स्वागत कार्यक्रममा बोल्दै गुप्तालेले वन संरक्षणको लागी सबै मिलेर अगाडी बड्नु पर्ने बताउदै वन क्षेत्रको ब्यबस्थापन गर्न चुनौती भएपनि सबैको हातेमालोबाट वन क्षेत्र ब्यस्थीत गर्न सकिने बताए । साथै सरस्वती सामुदायिक वन उपभोक्ता समुहको लागी केहि समस्या भएमा डिभिजन वन कार्यालयले सहयोग गर्न तयार रहेको बताए ।


    कार्यक्रममा बोल्दै सरस्वती सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष नर बहादुर मल्लले अधिकृत कर्णलाई स्वागत गर्न पाउदा खुसि लागेको बताए । साथै उपभोक्तालाई आर्थिक उन्नती गर्नको लागी बिभिन्न आयमुलक कार्यहरु गर्ने बताए । वन क्षेत्रमा रक्त चन्दन श्रखण्ड लगाएतका बिरुवाहरु लगाउनको लागी प्रस्ताब अगाडी बढाईको बताए । यसको लागी डिभिजन वन कार्यालय बाँकेले आबश्यक सहयोग तथा सहजिकरण गरिदिन अनुरोध समेत गरे । कार्याक्रममा सव डिभिजन वन कार्यालय कोहलपुरका रेन्जर दिप बहादुर शाही , सल्लाहाकार उमानन्द उपाध्याय, तथा कार्यसमितिका पदाधिकारी,सल्लाकार,उपसमितिका अध्यक्ष, उपभोक्ताहरुको उपस्थिति रहेको थियो ।

  • १९ भाद्र २०८१, बुधबार ०७:५६ प्रकाशित

  • Nabintech