नीलसागर कोहलपुरलाई वाणिज्य संघको सहयोग

  • नमस्ते कर्णाली

  • कोहलपुरमा रहेको नीलसागर सेवाश्रमलाई कोहलपुर उद्योग वाणिज्य संघले खाद्यान्न, लत्ताकपडा सहित आर्थिक सहयोग हस्तान्तरण गरेको छ । कुशे औशी तथा बुवाको मुख हेर्ने दिनको सन्दर्भमा संघले सोमबार एक कार्यक्रमका बीच सहयोग हस्तान्तरण गरेको हो । सामाजिक उत्तरदायित्व बहन अन्र्तगत संघले यस पटक पनि नीलसागर कोहलपुरलाई सहयोग गरेको बताइएको छ । “चाड पर्वहरु नजिकिदै गर्दा नीलसागरमा आश्रित जेष्ठ एवम् ससाहय नागरीकहरुमा चाड पर्वको उत्साह एवम् हर्ष–उल्लास बढाउन हामीले सहयोग हस्तान्तरण गरेका छौ ।” संघका अध्यक्ष लक्ष्मणराज पौडेलले बताए । अध्यक्ष पौडेलका अनुसार मानविय सेवाभावलाई आत्मसाथ गर्दै हरितालिका तीजको अवसरमा अन्य खर्चिला गतिविधीहरु गर्नुभन्दा भन्दा परिवार र घरवार विहिन असाहय एवम् वेवारिसे अवस्थाबाट उद्धार गरिएका नागरीकहरुमा एक दिन भएपनि खुशीयाली साट्न तीजको दर खाने कार्यक्रम सँगै सहयोग कार्यक्रमलाई निरन्तरता दिइएको हो । गत वर्ष पनि कुशे औशी तथा वुवाको मुख हेर्न दिनको अवसरमा संघले नाीलसागर कोहलपुरलाई खाद्यान्न सहित नगद सहयोग गरेको थियो ।

    सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै संघका संस्थापक अध्यक्ष कर्ण बहादुर थापाले मानविय सेवा नै परम् धर्म भएकाले सबै नागरीकहरुमा मानविय सेवा भावको विकास हुनुपर्नेमा जोड दिए । उनले बुवाँको मुख हेर्ने दिनको अवसरमा स्वर्गिय वुवाको स्मृतीमा ७ हजार एक सय नीलसागरलाई सहयोग उपलब्ध गराएका छन् । यस्तै संघका कार्यालय प्रमुख धन प्रसाद धितालले पनि नीलसागरलाई स्वर्गिय बुवाको स्मृतीमा २५ केजी चिउरा र लत्ता कपडा सहयोग हस्तान्तरण गरेका छन् । संघले १० बोरा चामल, १० केजी दाल, १ पेटी तेल, नुन लगाएत लत्ताकपडा नीलसागर कोहलपुर प्रमुख अञ्जु न्यौपानेमार्फत सहयोग हस्तान्तरण गरिएको थियो । सहयोग हस्तान्तरण कार्यक्रममा संघका पूर्व अध्यक्षहरु राजेन्द्र श्रेष्ठ, चिन्तामणी धिताल, वर्तमान कार्यसमिति पदाधिकारी तथा कार्यसमिति सदस्यहरु, पत्रकार लगाएतको उपस्थिती रहेको थियो ।

  • १७ भाद्र २०८१, सोमबार १२:११ प्रकाशित

  • Nabintech