कोहलपुर बागेश्वरी ई.मि स्कुलका बिद्यार्थी द्धारा सचेतना मुलक कार्यक्रम (फोटो फिचर)

  • अशाेक भण्डारी

  • कोहलपुर बागेश्वरी ई.मी स्कुलका कक्षा ९ र १० मा अध्ययनरत बिद्यार्थीहरु द्धारा सचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ । मिसावट र विषादी रहित भोजन स्वास्थ्य जिवन, अधिक विषादी प्रयोग गरिएका र मिसावट गरिएका खानेकुरा नबेचौ, नखाऔ, स्वास्थ्यमा खेलवाड नगरौ मिसावट र विषादी रहित भोजन स्वास्थ्य जिवनमा मेरो ऐक्यवद्धता नामक सचेतना ब्याच बितरण सहितको कार्यक्रमका भब्यताका साथ सम्पन्न भएको हो ।


    सो सचेतनामुलक कार्यक्रम कोहलपुरको मदनचोकमा रहेका खाद्यान्न पसल, तरकारी पसल, मिठाइ पसल, त्यसैगरी कोहलपुरका तरकारी पसल तथा फलफुल बजार कोहलपुर नगरपालिका, इलाका प्रहरी कार्यालय र तरकारी तथा फलफुल बजार लगायतका पसलहरुमा सचेतना ब्याज वितरण गरि उनिहरुलाई समेत विद्यार्थीहरुले मिसावट तथा विषदी प्रयोगबाट स्वास्थ्यमा पर्ने असरको बारेमा जानकारी गराएका थिए ।

    ब्याच वितरण तथा सचेतनात्मक कार्यक्रममा कोहलपुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख विरेन्द्र शाह, कोहलपुर नगरपालिका वडा नं ३ का अदक्ष्य श्री माधव रिजाल, शिक्षा शाखा प्रमुख श्री राम बहादुर हमाल ईलाका प्रहरी कार्यालय कोहलपुर प्रमुख म्क्ए श्री धर्मराज भण्डारी, लगायत विभिन्न संघ संस्थाका प्रमुखहरुको उपस्थिति रहेको थियो । साथै अतिथिहरुलाई सचेतना ब्याच लगाइदिदै विद्यालयकी छात्रा उन्नती रावत ले कार्यक्रमको उदेश्यबारे बताएकी थिइन ।


    सचेतना ब्याच ग्रहण गर्ने गर्दै नगरपालिका कार्यवाहक नगर प्रमुख विरेन्द्र शाहले यस प्रकारको सचेतना कार्यक्रम विद्यालय र विद्यार्थीहरुको तर्फबाट भएकोमा खुसी ब्यक्त गर्दै यस प्रकारका कार्यक्रमले उपभोक्ताहरुलाई समेत सचेत गराएको बताउनु भयो । मिसावट र विषादी रहित भोजन स्वास्थ्यको लागी हानिकारक हुने हुदा यस्ता प्रकारका सचेतना मुलक कार्यक्रमबाट धेरै कुरा सिकाएको बतानु भयो । साथै नगरपालिका बाट पुर्ण सहयोग हुने र यस प्रकारका कार्यक्रमहरु अझ ब्यापक तरिकाबाट गर्नुपर्ने भन्दै यस कार्यक्रमको सफलताको शुभकामना दिनु भएको थियो ।


    यस्तै कोहलपुर नगरपालिका वडा नं ३ का वडा अध्यक्ष माधव रिजाल, शिक्षा शाखा प्रमुख राम बहादुर हमाल ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख धर्मराज भण्डारीेले बिद्यार्थीहरुले गरेको यस्तो प्रकारको सचेतना मुलक कार्यक्रम निकै राम्रो र उदारणिय भएको भन्दै खुसी ब्यक्त गर्नु भयो । तथा विषादीको परिक्षण के कसरी गर्न सकिन्छ भन्ने जस्ता खोजमूलक अनुसन्धान हुनुपर्ने बताउनु भयो ।
    सचेतना ब्यानर सहित विद्यालयबाट निस्केको विद्यार्थीहरुको समुहले मनदचोक, नगरपालिका , इलाका प्रहरी कार्यालय, कृषि बजार हु“दै विद्यार्थीहरुको समुह विद्यालयमा फर्किएको थियो । यस कार्यक्रमलाई ब्यवस्थित बनाउनको लागी इलाका प्रहरी कार्यालयले गरेको सहयोग प्रति विद्यालयका प्र.अ कलाधर चापागाईले धन्यवाद दिनु भएको थियो । साथै कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने सम्पुर्णलाई विशेष आभार ब्यक्त गर्नुभयो ।

  • ३० श्रावण २०८१, बुधबार १८:२४ प्रकाशित

  • Nabintech