‘बृहत यौनिकता शिक्षा’को महत्व बारे भित्ते चित्रमा ज्ञान बाड्दै

  • सनत हमाल

  • मुगु। कर्णाली ग्रामीण  उत्थान तथा समाज बिकास केन्द्र (सिडिएस पार्क) संस्थाले मुगुमा भित्ते चित्रबाट बृहत्यौनिकता शिक्षाको महत्व बारे ज्ञान बाड्दै।

    विश्व स्वास्थ्य संगठनका अनुसार किशोरावस्था भन्नाले १० देखि १९ वर्षको उमेरका समूहलाई जनाउँछ।विद्यालय समुदायकमा रहेका किशोरकिशोरीलाई यौन यौनिकताका विषयमा सही निर्णय लिन, प्रजनन स्वास्थ्यका बारेमा ज्ञान प्राप्त गर्न सामाजिक समस्या समाधान गर्न पनि त्यस्ता शिक्षाले सहयोगपुगेको बताइएको छ।

    संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपिए) का अनुसारबृहत् यौनिकता शिक्षालेकिशोरकिशोरीलाई आफ्नो शरीर, यौन तथा प्रजनन स्वास्थ्यप्रति सचेत रहन, निर्णय लिन, यौनिकजीवनलाई स्वस्थ्यकर बनाउन, यौनरोग, यौन संक्रमण, अनिच्छित गर्भधारण, हिंसायुक्त यौनिक व्यवहारतथा यौनिक दुर्व्यवहार घटाउन मद्दत पुर्‍याउनुका साथै, कम उमेरमा विवाह हुन नदिन तथा सन्तान नजन्माउन, जन्मान्तर कम गर्न, व्यवस्थित परिवार योजना बनाउन, परिवार नियोजनका साधनको प्रयोग पहुँच बढाउनमद्दत गर्दछ।

    यसै सम्बन्धि कर्णाली ग्रामीण  उत्थान तथा समाज बिकास केन्द्र (सिडिएस पार्क) संस्थाले मुगुको छायानाथ रारा नगरपालिका, करिब वटा समुदायक विद्यालयहरुमा RIGHT HERE RIGHT NOW 2 कार्यक्रमसंचालन गरिरहेको यस कार्यक्रमलाई प्रभावकारी बनाउन युवायुवतीहरुलाई विद्यालयमा बृहतयौनिकता शिक्षा लागु गरेको । सिडिएस पार्क ले बृहत यौनिकता शिक्षालाई स्थानिय पाठ्यक्रम मार्फतलागु गरेको त्यस्तगरि यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धि वटा विद्यालयमा भित्ते चित्रद्धारासचेतना गराएको । समुदाय बिद्यालयहरुमा समूह बनाएर यौन तथा प्रजनन स्वाथ्य सम्बन्धि जानकारी समेत गराइयको र  जस मार्फत समुदायक र छायानाथ रारा नगरपालिकाका सबै सामुदायिकबिद्यालयहरुका बालबालिकाहरुले फाइदा पाउने विश्वास गरियको सिडिएस पार्कका कार्यकारी निर्देशक अज बहादुर शाहीले बताय।

    बृहत यौनिकता शिक्षाले बालबालिका, किशोरकिशोरीहरु युवायुवतीहरुमा सकारात्मक सोच व्यवहारमा सहयोग गर्ने यो शिक्षाले उनीहरुमा जागरुकता ल्याई बालविवाह रोक्न, छाउपडी प्रथालाईन्यूनीकरण गर्न, छोरा छोरी बीच हुने गरेका विभेद रोक्न जस्ता कार्यहरुमा अग्रसर गराउने साथै महिनावारी, गर्भाधारण वा बालविवाहका कारणले गर्दा बालिकाहरुले विद्यालय छाड्ने दरमा समेत यसको प्रभाव र्दछ। यस शिक्षाले किशोरकिशोरिहरुमा यौन, प्रजनन स्वास्थ्य, तथा यौनिकतालाई हेर्ने प्रवृतिमा परिबर्तन भईजिम्मेबार सम्मानजनक बनाउने जसले गर्दा असुरक्षित यौन व्यबहारमा कमि आउने किशोर किशोरीहरुपरिपक्भए पछि मात्र विवाह गर्ने जसले गर्दा बालविवाहको दर घट्नेपरिवार नियोजनका साधनहरुकोप्रयोगमा वृद्धि भई अनिच्छित गर्भाधान यौन रोगहरुमा कमि आउने विश्वास गरियको शाहीले बताय।

    के हो त बृहत् यौनिकता शिक्षा

    बृहत् यौनिकता शिक्षा भनेको यौनिकतासम्बन्धी संज्ञान, संवेग, शारीरिक सामाजिक पक्षहरूको सिकाइप्रक्रियाको एक अधिकारमुखी दृष्टिकोण हो जसले युवा तथा किशोरकिशोरीलाई व्यक्तिगत सम्बन्धमाशारीरिक संवेगात्मक रूपमा आफ्नो यौनिकतालाई निर्धारण गर्न तथा सुखमय बनाउन यौनसम्बन्धी ज्ञान, सीप, अवधारणा मान्यताको विकास गर्न मद्दत नै बृहत् यौनिकता शिक्षा हो

    यौनिकता प्रजनन स्वास्थ्यबारे सत्य वैज्ञानिक जानकारी प्रदान गर्नु।व्यक्तिलाई स्वस्थ निर्णय लिने, जोखिम कम गर्ने आफैंको सुरक्षामा सक्षम बनाउने सीप विकास गर्नु।सम्मान, समानता सहमतिको महत्वबारे सकारात्मक दृष्टिकोण मूल्य विकास गर्नु।सुरक्षित यौन व्यवहारको प्रोत्साहन गर्नु।यसले किशोरकिशोरीहरूलाई आफैंको स्वास्थ्य, सम्बन्ध अधिकारबारे सही निर्णय लिन सक्षम बनाउँछ।

    बृहत यौन शिक्षा विद्यालय, घर, समुदायमा उपलब्ध गराइनु पर्छ ताकि सबै उमेर समूहका व्यक्तिहरूलाईयो महत्त्वपूर्ण ज्ञान प्राप्त गर्न सकियोस्। यसले व्यक्ति मात्र नभई समाजलाई पनि सशक्त बनाउँछ।

  • १८ श्रावण २०८१, शुक्रबार १४:०६ प्रकाशित

  • Nabintech