एमाले कर्णाली इन्चार्जमा गोरख बहादुर बाेगटी

  • नमस्ते कर्णाली

  • नेकपा एमालेमा प्रदेश इन्चार्जहरु फेरिएका छन् । एमाले कर्णालीमा गोरखबहादुर बोगटी प्रदेश इन्चार्ज बनेका छन् । नेकपा एमाले स्थायी कमिटी सदस्य समेत रहेका बाेगटी  प्रदेश इन्चार्ज बनेका हुन ।   प्रदेश सङ्गठन बिहीबार बसेको सचिवालय बैठकले सचिवद्‍वय पद्‍मा अर्याल र लेखराज भट्ट बाहेक अरु प्रदेश इन्चार्ज फेरेको हो ।

    पार्टी सचिव अर्याल लुम्बिनी र भट्ट सुदूरपश्चिम प्रदेश इन्चार्ज रहेका छन् । बाँकी प्रदेशमा नयाँ इन्चार्ज आएका छन् ।

    कोशीको इन्चार्जमा शेरधन राई, मधेशमा लीलानाथ श्रेष्ठ, बागमतीमा राजन भट्टराई र कर्णालीमा गोरखबहादुर बोगटी प्रदेश इन्चार्ज बनेका छन् ।

    यसअघि कोशीमा रघुवीर महासेठ, मधेशमा योगेश भट्टराई, बागमतीमा गुरुप्रसाद बराल र गण्डकीमा गोकर्ण विष्ट इन्चार्ज थिए ।

    कुन प्रदेशमा को ?

    शेरधन राई – कोशी
    लीलानाथ श्रेष्ठ – मधेश
    डा. राजन भट्टराई – बागमती
    किरण गुरुङ – गण्डकी
    पद्मा अर्याल – लुम्बिनी
    गोरखबहादुर बोगटी – कर्णाली
    लेखराज भट्ट – सुदूरपश्चिम

  • १७ श्रावण २०८१, बिहीबार १७:१९ प्रकाशित

  • Nabintech