मन्त्री पाण्डे द्धारा होटल व्याबसायी महाँसघ लुम्बिनी प्रदेशको अधिवेशन उद्घाटन

  • अशाेक भण्डारी

  • संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले होटल व्याबसायी महाँसघ लुम्बिनी प्रदेशको तेस्रो वार्षिक साधारण सभा तथा द्रोसो अधिवेशन शुक्रबार उद्घाटन गर्नु भएको छ । नेपालगञ्जमा जारी साधारण सभा तथा अधिवेशनको एक कार्यक्रकको बिच उद्घाटन गर्नु भएको हो ।


    सो कार्यक्रमा बोल्दै मन्त्री पाण्डेले पर्यटन क्षेत्रकै रुपमा होटल क्षेत्र भएको बताउनु भएको छ । पर्यटक देशमा ल्याउनको लागी होटल क्षेत्रको ठुलो भुमिका रहेको बताउनु भयो । भुकम्प तथा कोभिडले थला परेको पर्यटन क्षेत्रलाई माथी उठाउनकाे लागी हाेटल क्षेत्रकाे ठुलाे भुमिका रहेकाे बताउनु भयाे ।
    साथै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले वर्तमान समय अनकुलको पर्यटन नीति बनाउने बताउनु भएको छ ।
    उहाँले अध्ययन समितिले तीन महिनाभित्र पर्यटन नीतिमा गर्नुपर्ने सुझावसहितको प्रतिवेदन दिने गरी कार्यगत शर्त तोकिएको बताउनु भयो । उहाँले निष्ठा र इमानको राजनीतिलाई कुनैपनि किसिमको कलंक नलाग्ने किसिमले देश र पर्यटन मन्त्रालयको सेवा गर्ने बताउनु भयो ।

    उहाँले भन्नु भयो, ‘निष्ठा र इमानको राजनीतिलाई कुनैपनि किसिमको कुनै पनि कलंक नलाग्ने किसिमले देश र पर्यटन मन्त्रालयको सेवा गर्न चाहन्छु । जनताले भ्रष्टाचारको न्युनीकरण खोजिरहेका छन् । सुशासनको प्रत्याभूति खोजिरहेका छन् । युवाहरु देशभित्र भविष्य खोज्ने चिन्तामा रहेका छन् । सबैको चिन्ता कम गर्ने दिशामा सरकार जानुपर्नेछ । ठूलो लगानी गर्ने वातावरण बनाउन सके मात्रै पर्यटकहरु मुलुकभित्र आउन सक्छन् । हाम्रा इन्जिनहरुलाई ठिकठाक बनाएर सर्भिसिङ गर्नुपर्नेछ । नेपालको पर्यटन क्षेत्रमा ठूलो लगानीसँगै लाखौं पर्यटकहरु भित्र्याउनुपर्ने छ । पर्यटन क्षेत्रमा युवाहरुको आशा सञ्चार गर्ने गरी मुलुकमा नै बस्ने बनाउने गरी सिर्जनशिल र रचनात्मक रुपमा काम गर्नेछ ।’

    उहाँले नेपालको पर्यटन क्षेत्रमा ठूलो लगानीसँगै लाखौं पर्यटकहरु भित्र्याउने अवसर रहेको भन्दै आगामी दिनमा सोहीअनुसार काम गर्ने बतानु भयो ।

  • ११ श्रावण २०८१, शुक्रबार १९:१२ प्रकाशित

  • Nabintech