२७ वर्षपछी मुगुबाट मन्त्रीपरिषदमा ऐनबहादुर शाही : यस्तो छ शाहिको राजनितीक पृष्ठभुमि

  • सनत हमाल

  • मुगु- दुर्गम हिमाली जिल्ला मुगुले २७ वर्ष पछि नेपाली काङ्ग्रेसबाट संघिय सरकारमा प्रतिनिधित्व गर्न पाएको

    नेपाली काङ्ग्रेस नेतृत्वको २०४८ सालमा गठित मन्त्रीपरिषद मुगु जिल्लाका तत्कालिन प्रनिनिधी सभासदस्य हस्तबहादुर मल्ल शिक्षा सहायक मन्त्री हुनु भएको थियो भने २०५२ सालपछी शेर बहादुर देउवाकोनेतृत्वमा गठन भएको सरकारमा उनै मल्ल शिक्षा राज्यमन्त्री हुनु भएको थियो उहाँ २०५३ सालसम्म उक्तमन्त्री मण्डलमा रहनु भयो 

    २०५३ साल यता देशमा कति सरकार बने ढ्ले तर मुगु जिल्लाले कहिल्यै संघीय मन्त्रीपरिषदमा अवशरपाएन

    नेपाली कांग्रेस नेकपा एमाले गठबनधनको नयाँ  गठित सरकारमा मुगु जिल्लाबाट प्रनितिधी सभा सदस्य  ऐनबहादुर शाही वन तथा वातावरण मन्त्री बनेका छन्

    प्रधानमन्त्री केपी शर्मा नेतृत्वको नयाँ सरकारमा कर्णाली प्रदेशबाट मन्त्री बन्ने उनी एकल व्यक्ति समेतहुनुहुन्छ

    यस्तो , शाहीको राजनितीक पृष्ठभुमि :

    मन्त्री ऐनबहादुर शाही मुगुमा निकै लोकप्रीय, मदुभाषी,सालिन नेताको  रुपमा चिनिन्छन आम नागरिकसँगैपाटीभित्र अन्य पाटीका कार्यकर्तासँग पनि शाहीको सम्बन्ध राम्रो मुगुवासीले रुचाएका नेता शाहीबाटमुगुले विकासको समेत अपेक्षा गरेको

    शाही हाल मुगुबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद हुन् भने वहालवाला नेपाली काङ्ग्रेस मुगुजिल्ला पाटी  सभापती पनि हुन

    २०२६ साल फागुनमा मुगुको सोरु गाउँपालिका जडेपानी गाउमा जन्मेका शाही २०४४÷०४५ ताका  नेपालविद्यार्थी संघबाट संक्रिय राजनीतिमा होमिएका थिए २०४८०५१ २०५२०५३ मा शाही तत्काली शिक्षाराज्यमन्त्री हस्त बहादुर मल्लको स्वकिय सचिव भएर काम गरेका शाही बहुदलिय व्यवस्थापछि कांग्रेसजिल्ला पार्टी सदस्य हुँदै २०६८ मा शाही मुगु लिल्ला सभापतिमा निर्वाचित भएका थिए

    २०७० मा पहिलो पटक संविधानसभा सदस्यको उम्मेदवार बनेका शाही झिनो मतान्तरले एमालेका मोहनबानियाँसङ्ग  पराजित हुन पुगेका थिए शाही फेरी दोस्रो पटक २०७८ मा कांग्रेस मुगु सभापति बनेका थिएभने २०७९ को आम निर्वाचनमा दोस्रो पटक प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका थिए यो बेलानिकटतम  प्रतिस्पर्धि नेकपा एमालेका उम्मेद्वार  राजबहादुर कार्कीलाई पराजित गदै ठुलो मतान्तरले विजयीभएका थिए झण्डै चार हजार बढीको मन्तारन्तरले पहिलो पटक शाही संसदीय अभ्यासमा प्रवेश गर्नसफल भए

    शाहीले औपचारिक शिक्षा अन्तर्गत स्नातक तह उतीर्ण गरेका छन् भद्र सालिन नेताका रुपमा परिचितशाहीले समग्र कर्णाली सहित मुगु  जिल्लाको विकासमा ठुलो योगदान गर्ने  यहाँका जनताले विश्वासलिएका छन

    माओवादिहरुले घर नै लुटेपछी परिवारै विस्तापित भएका थिए

    तत्कालिन माओवादिहरुले काङ्ग्रेस भएको भन्दै २०५८ साल माघ १७ गते शाहिका बुवाहरुका सबैघर,सम्पती लुटेर लग्दा पुरै ८० जनाको परिवार विस्थापित भएका थिए

    शान्ती प्रकृयामा माओवादी आउदा सम्म शाहिका सबै परिवार कोहि सदरमुकाम गमगढी,कोहि काठमाडौ कोहि नेपालगन्जमा कष्टकर जीवन विताएका थिए घरको खरानी समेत नराखी तत्कालिनमाओवादिहरुले सबै सम्पती लुटेका थिए शान्ती प्रकृया शुरु भएपछी शाहिको परिवार बिस्तारै लहमाआउदै गरेको बेला केपि शर्मा नेतृत्वको नव गठित मन्त्री परिषदमा ऎन बहादुर शाही वन तथा वातावरण मन्त्रीभएपछी नेपाली काङ्ग्रेसले न्याय गरेको स्थानियहरुले बताएका छन

  • ३२ असार २०८१, सोमबार १७:५३ प्रकाशित

  • Nabintech