काठमाडाैमा ग्रासरुट फुटबल तालिमको आयाेजना

  • अशाेक भण्डारी

  • विजडम एकेडेमी एन्ड रिसर्च सेन्टर र हुम्ला फुटबल एकेडेमीको आयोजनामा ७ दिने फुटबल प्रशिक्षण आयोजनाको चन्द्रागिरी, काठमाडौंमा उदघाटन कार्यक्रम सम्पन्न भएकाे छ ।

    चन्द्रागिरी न.पा. वडा नं. ५ गुर्जुधाराको सनसाईन बिधालयको प्राङ्गणमा आज देखी लगातार ७ दिन संचालन हुने फुटबल तालिमको कार्यक्रमका प्रमुख अतिथी बागमती प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री माननिय रमा आले मगरले बल हस्तान्तरण तथा पानसमा बती बाली कार्यक्रमको उदघाटन गर्नु भएको हुम्ला फुटबल एकेडेमीका अध्यक्ष बिष्णु रावतले  जानकारी दिनु भयाे ।

    ग्रासरुट फुटबल तालिममा बिशेष अतिथी अखिल नेपाल फुटबल संघ ग्रासरुट बिभाग प्रमुख पंकज शाही, अन्य अतिथीहरुमा सनसाईन बिधालयका प्रिन्सिपल, हुम्ला फुटबल एकेडेमीका अध्यक्ष बिष्णु रावत, उपाध्यक्ष प्रीति ब. रावल, हिमालयप्रेस डककमका अध्यक्ष देविलाल रावल लगायत अन्य अतिथी तथा खेलप्रेमी अबिभाबक तथा बालिकाहरुको ब्यापक उपस्थिती रहेको थियो ।

    उक्त फुटबल तलिम उदघाटन कार्यक्रमका  प्रमुख अतिथी बागमती प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री माननिय रमा आलेमगर, बिशेष अतिथी अखिल नेपाल फुटबल संघ ग्रासरुट बिभाग प्रमुख पंकज शाही, हुम्ला फुटबल एकेडेमीका अध्यक्ष बिष्णु रावत र सनसाईन बिधालयका प्रिन्सिपलले आ-आफ्नो मन्तब्य राख्नु भएको थियो  ।

    उक्त प्रशिक्षणका लागी अखिल नेपाल फुटबल संघ को प्रबिधिक सहयोग तथा गोल नेपाल डट कमकाे सहयोगी  रहेको छ।मेरो नि रगतमा फुटबलमा रगत छ  का अध्यक्ष योमन चोचे  सल्लाहाकार मा रहनु का साथै फुटबलर लाईफ अमेरिकी फुटबल संस्था पनि सहयोगि रहेको आयाेजकले जानकारी दिएकाे छ ।

    कार्यक्रमको संचालन विजडम एकेडेमी एण्ड रिसर्च सेन्टरका सल्लाकार उदय थापा मगरले गर्नु भएको थियो । मिडिया पाटनरकाे रुपमा नमस्ते कर्णाली राष्टिय दैनिक तथा हिमालयप्रेस डककम रहेकाे छ ।

  • २९ असार २०८१, शुक्रबार १६:०९ प्रकाशित

  • Nabintech