मुगु असार २६ गते,
नेपाल प्रहरीले मुगु स्थित डोल्फु गाउबाट लुटिएका थप वहुमुल्य सामानहरु बरामत गरेको छ ।
गत जेठ १२ गते लुटेरा समुहले अत्याधुनिक हतिहार देखाइ डोल्फु गाउका २४ घरहरु र १ सार्वजनिकगुम्वाबाट नगद,सुन,चादि,मुर्ती,वहुमुक्य सरसामान,गहना र यार्सागुम्वा लुटेर लगेका थिए ।
लुटेर समुहमा संग्लग्न ८ जना मध्य नेपाल प्रहरिले ३ जनालाइ एक महिना पछि पक्राउ गरि उनिहरुबाटबरामित हतियार,वहुमुल्य सामान सहित आइतबार पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको थियो ।
प्रहरीले बरामद गरेका हातहतियारमा कटुवा पेस्तोल १ थान, एसएलआर १ थान, २ थान म्याग्जिन, २५राउण्ड गोली, ३ थान ओकेटोके, १ थान बाइनाकुलर, ५ सेट आर्मीको कम्व्याक ड्रेस, १ वटा ट्रेकिङ झोला र १वटा सल रहेका थिए ।
यस्तै पक्राउ परेकाहरुबाट प्रहरीले सुनको रिङ्ग २ थान,सुन कै माडुली २ थान ( विक्री गरेर पश्चात् जुम्लाप्रहरि मार्फत बरामत)पनि बरामत गरेको थियो ।
जुम्ला जिल्ला गुठिचौर गाउँपालिकाका वडा न ३ का आक्रोश पर्शे भनिने गणेश भण्डारी,सोही ठेगानाकापुर्णप्रसाद भण्डारि र वडा न ४ का कमल थापालाई घटनामा प्रत्यक्ष संलग्नता रहेको प्रहरीले बताएको थियो ।
नेपाल प्रहरीका अनुसार विगत तीन वर्षदेखि जुम्ला, डोल्पा र मुगु जिल्लाका पाटनहरुमा पुगि यो समुहलेयार्सा संकलक तथा व्यापारिहरुबाट समेत यार्सागुम्बा लुट्दै आएको थियो ।
डोल्फु गाउमा लुटन संलग्न अन्य ५ जना मध्य फरार रहेका जुम्ला गुठिचौर गाउपालिका ३ बस्ने धन प्रसादभण्डारिलाई खोज तलास गर्ने क्रममा भण्डारि कै घरमा लुकाइ छिपाइ राखेको अवस्थामा लुटिएका थपवहुमुल्य सामानहरु २४ गते नेपाल प्रहरी जुम्ला र मुगुको संयुक्त टोलिले बरामत गरेको जिल्ला प्रहरिकार्यालय मुगुका प्रहरी नायव उपरिक्षक विरेन्द्र थापाले बताउनु भयो ।
प्रनाउ थापाका अनुसार संयुक्त प्रहरी टोलिले चादिका सिक्काको माला २ वटा(१०९ सिक्का),चादिको पैसासिक्का ७० वटा,चादिका सिक्काको औँठी ४ वटा,माला मोति दाना ३५ वटा,पहिलो मुगा दाना ३०वटा,हरियो मुगा दाना ५८ वटा बरामत गरेको छ ।
यस्तै सुनको ढुंग्रो १ दशमलव ९५७ तोला,सुनको तीन टुक्रा रिङ्ग ० दशमलव ४९५ तोला,सुनको चेन टुक्रा ०दशमलव ५१६ तोला,चादिको हुक्काको टुक्रा ३ तोला,चादी र तामाको हुक्काको टुक्रा १ तोला,चादिकोलकेट माला ५ थान,चादिको टुक्रा ६ दशमलव ९७ तोला,सानो खाले रातो मुगा ३२ दशमलव ९१० तोला,तामातारको टुक्रा ० दशमलव १९९ तोला र ढुङ्गा जस्तो टुक्रा ० दशमलव ४०० तोला पनि प्रहरीले बरामत गरेकोबताएको छ ।
लुटेरा समुहले डोल्फु गाउका २४ वटा घर १ गुम्बाबाट सुन ३५ तोला,चादि ९९४ दशमलव ५ तोला,बुद्धकोमुर्ती,रिणिमोक्क्ष माइको मुर्ती,मुगाको माला ९५ तोला,यार्सा,मोवाइल र ५० लाख २५ हजार नगद लुटेरलिएको स्थानियहरुले प्रहरीमा दिएको जाहेरीमा उल्केख गरिएकाले अझै धेरै वहुमुल्य सामान, नगद रयार्सागुम्बा भेटाउन सकिएको छैन । लुटिएका बाकी वहुमुल्य सामान र यार्सागुम्बा र फरार व्यक्तिहरुकोखोजिका लागि प्रहरिले सबै तिर आफ्ना षनेन्त्रहरु परिचालन गरिको र छिट्टै फरार व्यक्तिहरुलाई प्रहरीलेनियन्त्रणमा लिने प्रनाउ विरेन्द्र थापाले विश्वास व्यक्त गर्नुभयो ।