हुम्लाकाे अदानचुलीले ल्यायाे ३३ कराेड ४३ लाख २ हजार वजेट

  • अशाेक भण्डारी

  • हुम्लाको अदानचुली गाउँपालिकाको ०८१÷८२ को वार्षिक बजेट ३३ करोड ४३ लाख २ हजार गाउँ सभाबाट पारित भएको छ । उक्त गाउँपालिकाको  १५ औं गाउँ सभाद्वारा सो बजेट पारित गरिएको हो ।


    गाउँ सभाबाट ३३ करोड ४३ लाख २ हजार रुपैयाँको बजेट पारित भएको गाउँपालिका अध्यक्ष मोहन बिक्रम सिह बताउनु भयो ।
    कुल विनियोजन मध्ये चालू तर्फ रु १९ करोड ८ लाख २० हजार रुपैयाँ र पुँजीगत तर्फ ९ करोड ४७ लाख ४ हजार ३७६ रुपैयाँ विनियोजन गरेको छ । नेपाल सरकारबाट ससर्त अनुदानबाट प्राप्त र् ११ करोड २५ लाख ६० हजार रुपैयाँ बिनियोजन गरिएको छ ।

     

    आर्थिक विकास तर्फ रु ४ करोड ४२ लाख ५० हजार ,सामाजिक विकास तर्फ रु ११ करोड ५० लाख,
    पूर्वाधार विकास तर्फ ७ करोड ५१ लाख ५९ हजार ७ सय, बन वातावरण तथा विपद् व्यवस्थापन तर्फ रु १८ लाख २२ हजार ३ सय बिनियोजन गरिएको छ ।
    कार्यालय संचालन सुशासन तथा संस्थागत विकास तर्फ रु ९ करोड ८० लाख रकम विनियोजन गरेको छ ।
    गाउँपालिकामा समायोजन हुन आउने विभिन्न विषयगत कार्यालयहरू तथा विकास साझेदारहरू बाट प्राप्त हुने बजेट प्राप्त कार्यक्रमकै आधारमा खर्च गर्ने व्यवस्था मिलाएको छ । आगामी आर्थिक वर्षको लागि आयतर्फ खर्च व्यहोर्ने स्रोत मध्ये राजस्व तर्फ नेपाल सरकार बाट रु ६ करोड ९ रुपैयाँ तथा प्रदेश सरकारबाट रु ५ लाख ९ हजार रुपैयाँ रहेको छ ।वित्तीय समानिकरण अनुदान अन्तर्गत नेपाल सरकार बाट रु. ६ करोड ८६ लाख, र प्रदेश सरकारबाट रु ६८ लाख ४२ हजार रुपैयाँ रहेको छ । ससर्त अनुदानबाट नेपाल सरकार बाट रु. १४ करोड ७ लाख १६ हजार प्राप्त भएको छ । संघ सरकारबाट विशेष अनुदान वापत ५० लाख तथा समपुरक अनुदान तर्फ शुन्य रकम प्राप्त भएको छ भने प्रदेश सरकारबाट पनि विशेष ५० लाख अनुदान तथा समपुरक अनुदान १ करोड रकम प्राप्त भएको गाउँपालिकाले जानकारी दिएको छ ।

     

     

  • १३ असार २०८१, बुधबार १९:३८ प्रकाशित

  • Nabintech