बाजुरा- हिमाली गाउँपालिका वडा नम्बर ७ को बाँधु गाउँमा आलु पकेट क्षेत्रमा सिमी विस्तार कार्यक्रम सञ्चालन गरिएको छ।
विगत दुई वर्ष अगाडि २०७९ सालमा आलु पकेट क्षेत्र विस्तार कार्यक्रम गर्नुपर्छ भन्ने योजना सहित काम थालनी सुरु गरिएको हो। त्यसको केही सहयोगको लागि पुर्ण रूपमा गर्न लिर्वड सस्था संग सहकार्य गरियो हो। उक्त संस्था बाट आर्थिक सहयोग नभएनी प्राबिधिक सहयोग गछौ र आर्थिक सहयोग गर्न क्षमता छैन। अरु चाहिने जेजस्तो चाहिन्छ त्यो सहयोग गर्ने भनेर सहयोगका लागि लिवर्ड संस्था र सुनौलो कृषि बचत तथा ऋण सहकारी संस्था बिच एक किसिमको सम्झौता भयो। त्यसपछि हिमाली गाउँपालिका बाट आग्रह गर्यौं र बाँधु लाई आलु पकेट क्षेत्र बिस्तार गर्न सफल भएका हौं। त्यसका लागि योजना बनायो। त्यो संगै हिमाली गाउँपालिका आलु बिउ सहयोग गरेको हो। हामीले आलु पकेट क्षेत्रमा लगानी गरियो। धान, गहुँ मात्र लगाएर खेती गर्ने ठाउँ अहिले हामीले केही मान्छेलाई चेतनाको बिकास गरायौं। सहकारी संस्था बाट ४ वटा कृषि समुह बनायो। आफ्नो सहकारी छाता संस्थाको रूपमा सञ्चालन गरिएको सुनौलो कृषि बचत तथा ऋण सहकारीका अध्यक्ष तिलराज तिमिल्सिनाले बताएका छन।
सहकारी मार्फत कृषक समुह बनायौ। गाउँका कृषि समुहलाई समुहलाई जनचेतनामूलक अन्तर्गत कार्यक्रम गरियो। धान र गहुँ बाली मात्र उब्जनी फाइदा हुदैन। खाद्य बाली गरेर हुदैन नगदे बाली हाम्रो लागि विशेषगरी फाइदा दिन्छ। आलु पकेट क्षेत्र बनाउन सिमी बटमास उत्पादन गर्नुपर्छ भन्ने योजना बनाइसके पछि गाउँका अगुवा कृषकहरु लाग्नु भयो हो। पहिलो वर्ष पनि आलु फलाउने काम भयो। आलु उत्पादन अधिकतम मात्र फलाएको हुँदा बजारीकरणका लागि पिढ्युमा बोकेर धुलाचौर, कोल्टी र पिलुचौर बजार सम्म लगेर बिक्री गरिएको हो। फेरि यो वर्ष हामीले आलु पकेट क्षेत्रका लागि हिमाली गाउँपालिकाले आलु बिउ र प्राबिधिक सहयोग लिवर्ड संस्था बाट सहयोग पाएको हो। जसले गर्दा पहिलो वर्ष भन्दा यो वर्ष धेरै संख्यामा लगायौ। बिचमा लिवर्ड संस्थाको सहयोग बाट प्राबिधिक आउने र रोगको किटनाशक औषधि संगै रासायनिक मल प्रयोग गर्न सहित सहयोग पाएको हो।
जलवायु मैत्री बनाउनु पर्छ भन्ने योजना बाँधु गाउँमा बनायो। हाम्रो सहकार्य संग मार्फत अनुसार आलु पकेट विस्तार साथै सिमी लगाउने व्यवस्था गरायौं। दाल पनि चाहिन्छ दलन बाली गर्दा आलु संगै सिमी लगाउदा एक महिना अगाडि आलु भित्र्याउने अहिले गाउँ भरी पहिला तरकारी खानका लागि बाहिर गाउँ बाट ल्याएर खाने गरिन्थ्यो। भने आज हामी संग धान फल्ने तरकारी नलगाउने अरु गाउँ संग धान साट्ने तरकारी खाने कृषक अहिले हामी आलु र सिमी उत्पादन गर्नुका साथै आफू खाएर बिक्री गर्नका लागि बजार खोज्नुपर्ने अवस्था आएको छ। हाम्रो गाउँमा जति कृषि आधुनिकीकरण क्षेत्रमा कृषकलाई उत्पादनमा तिव्र रूपमा बढाउने सुनौलो कृषि बचत त ऋणी सहयोग संस्था लिमिटेड सहकार्यमा योजना सफल भएका हौं। कृषि सहकारी अन्तर्गत हिमाली गाउँपालिका कृषि शाखाले सक्दो सहयोग गरेको सहकारी अध्यक्ष तिमिल्सिनाले जनाए।
लिवर्ड संस्थाले प्राविधिक सहयोगमा हाम्रो आलु पकेट क्षेत्र कृषि ज्ञान् सम्बन्धि विभिन्न काम गर्न सहज भएको हो। बाँधुलाई आलु पकेट क्षेत्र गर्न मुख्य ठुलो उद्देश्य रहेकोे छ। तर हामीले पनि आशा गरेका थियौं। गाउँपालिका कृषि एम्बुलेन्स ल्याउदै छ भनेर विश्वास मानेका थियौ। कृषि एम्बुलेन्स ल्याएको हुँदा हामी सबै कृषकहरू खुशी भएका छौ। धेरै धेरै धन्यवाद दिन चाहान्छौ। वडामा फलफूल तथा तरकारी संकलन केन्द्र निर्माणकार्य अगाडि बढाएको छ। त्यो हामीले सहकारीले काम पायो भने कृषकले फलाएको फलफूल तथा तरकारी संकलन केन्द्र जम्मा गरिदिने र सहज रूपमा बजारीकरण सक्दो सहयोग गरिने भएको छ। कृषकले फलफूल तथा तरकारी उत्पादनलाई कहाँ लिने भने चिन्ता समेत रहेकोे छ। त्यसका लागि हामी कृषि सहकारी तथा अगुवा कृषक लागेका हौं। सुरुमा २५ क्वीन्टल बीउ लगाएको हो।त्यसमा पनि पहिलो वर्ष पनि राम्रै आलु फलाएका थियौं। अहिले हामीले ४३ क्वीन्टल आलुको बीउ लगाएको छन। अहिले जमिन खाली भएको ठाउँमा पुरै सबै ठाउँ ठाउँमा आलु लाएको छ।
त्यसका लागि कारणले कहाँ बिक्री गर्ने भन्ने सोचेमा लागेका छौँ। १ सय ६० जना कृषकहरुले गाउँमा आलु लगाएका छन। कृषि सहकारी सदस्य भन्दा बाहिर गाउँका मान्छेलाई समेत समेटिएको छ। बाजो तथा खाली जमिन भएको ठाउँको जमिनलाई प्रयोग गर्नुपर्छ। गाउँमा हामीले जीविकोपार्जनका लागि आलु पकेट क्षेत्र विस्तार गरेको हो। कृषि सहकारी संस्था मार्फत सहकार्यमा अहिले कृषकले आलु फलाइ सकेपछि प्रत्येक महिनामा आलु उत्पादन गर्ने सिस्टम निरन्तर रहेकोे छ। केही आलु निकाल्न बाकी रहेको छ। एक जना कृषकले ५ देखि १२ क्वीन्टल सम्म आलु उत्पादन गर्ने गरेको छ। आफू खाएर अरु लाई बिक्रीवितरण गर्नका लागि हामी कृषक लागिपरेको सहकारी अध्यक्ष तिलक राज तिमिल्सिनाले जनाएको छ।