चैत २७ मुगु
मुगुको छायाँनाथ रारा नगरपालिका– १३ लह गाउँमा मदिरा सेवन, बेखबिखन बर्जित छ । यस गाउँमासामाजिक मान्यता, धार्मिक सहिष्णुताले लह गाउँमा मदिरा बेखबिखन बर्जित गरिएको हो ।काला पथ्थरजस्तै देखिने अग्ला डाँडाको काखैमा रहेको लह गाउँ रोगभोग र अशीक्षाले थला परेको भए पनि उदाहरणीयगाउँका रुपमा परिचित छ । ४० वटा घरधुरी रहेको लह गाउँमा अन्य गाउँको तुलनामा लह गाउँले सकारात्कमसन्देश बोकेको छ ।जहाँ लह गाउँमा कुनै पनि मदिरा सेवन र बेखबिखन गर्न पाइँदैन । मदिरा सेवन रबेखबिखन नगर्ने जिल्ला टोल–बस्ती सायद बिरलै भेटिन्छन् । त्यही बिरलै गाउँका रुपमा लह गाउँले आफ्नोपरिचय कमाएको छ । लह गाउँमा सामाजिक मान्यता धार्मिक सहिष्णुताले मदिरा बेखबिखन परको कुरामदिरा सेवन गरेर गाउँ जान जोकोहीलाई बन्देज छ ।
छायाँनाथ रारा नगरपालिका– १३ भित्र मात्रै ६ वटा गाउँ छन । लह गाउँबाहेक सबै गाउँमा मदिरा सेवन रबेखखिन गर्न पाइन्छ । यस गाउँमा सामाजिक मान्यता र धार्मिक परम्पराले पनि परापूर्वकालदेखि गाउँमामदिरा सेवन गर्न बन्देज रहेको स्थानीय विष्णुकली बढुवालले बताइन् । गाउँमा मस्टो देवीको पूजा गर्ने चलनछ । त्यसैले गाउँमा मदिरा बर्जित गरिएको हो ।
मस्टो देवीले मदिरा सेवन तथा बेखबिखन गरिए अनिष्ट हुने मान्यताले पनि मदिरा बर्जित गरिएकोस्थानीयहरु बताउँछन् । छायाँनाथ रारा नगरपालिका– १३ लह गाउँबाहेक अरु गाउँमा मदिरा सेवन तथाबेचबिखन गरिए पनि लह गाउँमा पारीवारिक कलह अशान्तिका कारण सामाजिक तथा धार्मिक मान्यतालाईआत्मसात् गदै मदिरामुक्त गाउँ रहेको छायाँनाथ रारा नगरपालिका – १३ का वडाध्यक्ष विरबहादुर खड्कालेबताए ।