अछुत कोपिला
चट्ट,शिरमा ढाका टोपी । फुल्नै लागेको कपाल । काँधमा नेपाली झण्डा । एकसरो लूगा । हाफ पेन्ट र खुट्टामा चप्पल । हरेक दिन चोक चोक,टोल टोल,बजार बजार । अनि गल्ली गल्ली,विद्यालय,संघ संस्थाहरुमा धाउने व्यक्ति अरु कोही नभई डाक्टर महावीर पुन हुन् ।
हो,पुन यतिबेला बाँकेमा छन् । केहीदिन नेपालगन्ज डुले । अहिले कोहलपुरमा डुलिरहेका छन्,आत्मकथा बेच्दैँ । उनी आत्मकथा बेच्दैँ डुल्न थालेको दुई महिना पुगेछ । यात्राको ६०औंँ दिनमा पुनसँँग कर्मथलोमा भेट्ने अवसर मिल्यो । उनको आत्मकथा किनेँ । सम्झना होला भनेर एकथान फोटोपनि खिचाएँ,उनकै हस्ताक्षरित आत्मकथासहित ।
पुनसँगको भेटघाट अनि फोटो खिच्न पाउनेसम्मको अवसर । मेरो लागि अहोभाग्य कै कुरा थियो । तर,बुढाले हस्ताक्षरमा मिति लेख्न छुटाएका रहेछन् । लेख्न लगाएँ नी मिति ?
नलेखेर सुख,एकशब्द पनि नबोली लेखेँ बुढाले । हाम्रो यस्तो रमाइलो र यादगार भेटघाट बाँकेको कोहलपुरस्थित न्युरोड चोकमा भएको हो । यो भेटघाट ऐतिहासिक अभूतपूर्ण नामाकरण गरिदिएको मैले,जे पर्ला पर्ला भनेर ?
जहाँ उनी आफ्नो आत्मकथा ‘महावीर पुन : सम्झना,सपना र अविरल यात्रा’ बेचिरहेका थिए । त्यतिबेला उनीसँग दोहोरो सम्बादपनि भएन ।
पत्रकार हुनुको नाताले पुनसँग एउटा सानो अन्र्तवाता लिन पाए भन्ने लागिरहेको थियो । अभियान्तामार्फत समय मागे । सात बजेको समय मिल्यो । पुनसँग कोहलपुर–१२ चप्परगौडीस्थित पानस होटलमा ‘वान टु वान’ भेट भयो । करिब मिनेट कुराकानी भयो ।
उनीबाटै थाहा पाइयो,पुन आत्मकथा बेच्ने थात्रा धादिङबाट सुरु गरेका रहेछन् । अहिलेसम्म २२ जिल्ला पुगेछन् । हालसम्म ५६ हजार पुस्तक बेचिसकेका रहेछन् । उनको आत्मकथाको मूल्य ७५० रुपैयाँको छ । हिसाब गर्दा ४ करोड २० लाख बराबरको संकलन गरेका छन्,आत्मकथा बेचेर ।
अब उनले हालसम्म प्रकाशन गरेका ६५ हजार थान पुस्तक मध्ये,१० हजार मात्रै पुस्तक बाँकी छन् । ती किताब बेच्न उनलाई धेरै समय लाग्दैन । कुराकानीको क्रममा उनले नेपालको कूल जनसंख्या मध्ये एक तिहाई जनताले मात्रै किताब किनि दिएको भए भन्ने आशय व्यक्त गरे । उनको भनाइ अनुसार ३ लाख नेपालीले उनको किताब किन्नुपर्ने हुन्छ । उनी आफ्नो उद्देश्य प्राप्त गर्न यस्तो पागलपन बोकेर हिडिरहेका छन,की उनी आफ्नो उद्देश्य प्राप्त नहुँदासम्म रोकिनेवाला छैनन्,चाहेँ १२ रेक्टर स्केलको भुकम्प नै किन नआयोस् । पुन रोकिनेवाला छैनन् । थाक्नेवालापनि छैनन् । श्वास रहुञ्जेल यात्रा गरिरहने बताउँछन्,उनी । पुन अविरल यात्रा गरिरहेका छन्, उनलाई म कहाँसम्म पुग्छु भन्नेपनि थाहा छैन, कहाँ जाने भन्नेपनि थाहा छैन, । खासमा यात्राको लागि कुनै योजना नै बनाउँदैनन्,उनी । पूर्वयोजनालाई बेकार भन्छन्,पुन । हिडिरहेको छु, बेचिरहेको छु, कहाँसम्म पुग्छु । कहिलेसम्म यो यात्रा चल्छ केहीपनि थाहा छैन मलाई । आफैलाई कहाँसम्म पुग्ने भनेर टुंगो नभएको यात्रा गरिरहेका उनी ।
तर,पनि हिडिरहेका छन् ।
उनको अभियानको नाम हो ?
पूर्व पश्चिम महाअभियान (मेचीदेखि महाकालीसम्म)
उद्देश्य ः बीरगन्ज कृषि औजार कारखाना सञ्चालनका निमित्त सहयोगार्थ
नारा यसप्रकार छ –‘किताब किन्नुहोस् र कृषि औजार कारखाना पुन सञ्चालनमा ल्याउन सहयोग गर्नुहोस् ।’
मूल्य ः रु. ७५० मात्र
अब भने पुनको दैनिकीबारे केही कुरा भनौँ ।
६० दिनयता उनी एउटै दैनिकीमा छन् । किताब किन्न बोलाइएको ठाउँ जाने, एउटै ठाउँमा घण्टौं उभिने । किताब किन्नेहरु उनीसँग कम्तिमा एउटा तस्बीर खिचाउन चाहन्छन् । उनी सहजै उपलब्ध हुन्छन् । रकम संकलन र किताब बेच्ने प्रबन्ध भने उनका सहयोगीले गर्छन् । नमस्कार गर्नेलाई नमस्कार फर्काउछन् । कुनै ठाउँमा भने आयोजकले बोल्न लगाउँछन् । सामान्य हिसाबमै आफ्ना कुरा छोटकरीमा राख्छन् । अनि हिडिहाल्छन् ।
खासमा महावीर महान उद्देश्य बोकेर हिडिरहेका छन् । भन्नलाई हाम्रो यात्रालाई सामान्य कर्म मात्रै मान्छन् पुन् । राज्यले उनलाई बन्द अवस्थामा रहेको बीरगन्ज कृषि औजार कारखाना सञ्चालन गर्ने जिम्मा दिएको छ । त्यसको लागि संघीय सरकारले अनुदानमा रकम दिने भनेको छ । गण्डकी प्रदेश सरकारले समेत दश करोड दिने भनेको छ । तत्कालीन अर्थमन्त्री जर्नादन शर्माको पालामा पुन अध्यक्ष रहेको राष्ट्रिय आविष्कार केन्द्रलाई कारखाना सञ्चालन गर्ने जिम्मा दिएको थियो । महावीर पुनले सरकारले दिएको जिम्मेवारीलाई अवसर र चुनौती दुवै हो भनेका छन् । सरकारसँग मिलेर काम गर्दा थप झण्झटिलो प्रक्रिया झेल्न समय लाग्ने भएपछि उनी सटिक बाटोमा हिडिरहेका छन् । अहिले उनले बेचिरहेको आत्मकथा पनि वीरगन्ज कृषि औजार कारखाना नै सञ्चालनमा सहयोगी होस् भन्ने उद्देश्यले लेखेका हुन् । साधा जीवन तर उच्च विचार भएका पुन आत्मकथामा भनेका छन्,यो आत्मकथा यति छिट्टै लेखौला भन्ने सोचेको थिइन् । अहिलेसम्म सम्पतिका नाममा केहीपनि छैन ।
कारखाना सञ्चालनमा सहयोग होस् भनेर उनले उनले आफूले प्राप्त गरेका मेडलहरु बेच्न खोजे । पोखरामा रहेको जग्गा बेच्न खोजे । तर कसैले पनि किनिदिएन । सरकारले दिएको जिम्मेवारी गर्न उनले बुढेलकालमा दैनिकी गुजारा गर्न साँचेको आत्मकथा लेखन छिटो लेख्ने निर्णय लिएँ । अहिले उनी आत्मकथा बेच्दैँ देश दौडाहामा छन् । पुन जहाँ पुग्छन् । उनीमाथि मानिसहरुको गज्जबको सहानुभूति देखिन्छ । उनको अभियानमा मानिसहरुले निस्वार्थ सहयोग गरिरहेका छन् ।
राज्यपक्षबाट अपेक्षाकृत सहयोग प्राप्त गरेका पुन जनताको साथले हौसिएका देखिन्छन् । उनी आफ्नो ‘मिसन ३ लाख’को यात्रालाई अझै निरन्तरता दिने मुडमा छन् । पंक्तिकारसँगको कुराकानीमा उनले ३ लाख पुस्तक बिक्रि गर्ने लक्ष्य रहेको बताएका थिए ।
वैज्ञानिकसमेत रहेका पुनको अभियानको सवत्र्र चर्चा र परिचर्चा हुने गरेको छ । उनी जहाँ पुग्छन् उनीसँग फोटो खिचाउने मानिसहरुको भीड नै लाग्ने गरेको छ । उनीहरु फोटो मात्रै खिचाउँदैनन् पुस्तकसमेत किन्छन् । अनौठो त के छ भने पुस्तक किन्नेमा पुस्तक अध्ययनमा रुचि राख्ने मात्रै छैनन् । पुस्तक अध्ययनमा रुचि नभएका मानिसपनि उनको अभियानलाई योगदान गरिरहेका छन् पुस्तक किनेर । यो उनको अभियानका लागि सबैभन्दा ठूलो उपलब्धि हो । के बालबालिका,के वृद्धवृद्धा महावीर जहाँ पुग्छन्,उनको लोकप्रियता प्रष्टै झल्किन्छ । झन उनी विद्यालयहरुमा पुग्दा विद्यार्थीहरु उनीमाथि झुम्मिन पुग्छन् । महावीर पुन स्कुलमा आउने भनेपछि विद्यार्थीहरु अभिभावकसँग पैसा मागेर भएपनि उनको पुस्तक किन्छन् । कतिपयलाई त पुनले किताब किन बेचिरहेका छन् भन्नेपनि थाहा छैन । तर उनको अभियानलाई सहयोग गरिरहेका छन् । यस हिसाबले हेर्दा महावीरको यो अभियानलाई अभूतपूर्व नै मान्नुपर्छ ।
महावीर पुन जसरी आत्मकथा बेचेर हिडिरहेका छन् । पुनले आत्मकथा मात्रै बेचेका छैनन् लक्ष्य प्राप्तिको एक प्रकारको पागलपन देखिन्छ । उनी सरकारप्रति गुनासो गर्दैनन् । बरु सरकारले मबाट प्रेरणा लिनुपर्छ भन्छन् । उनी भन्छन्, सरकार बोल्दै मात्रै । काम गर्दैन । त्यसैले अरुले काम गरिदिएन भनेर बस्ने होइन आफै काम गर्ने हो । आफै खटिने हो । उनी नेपालले नचिनेका र विश्वका चिनेका व्यक्तित्व हुन् । आफ्नो कर्ममार्फत विश्वप्रसिद्ध पुरस्कारसमेत गरिसकेका पुनको यो एउटा आन्दोलन हो । विद्रोह हो । यो बिचारको विद्रोह र हतियार बिनाको आन्दोलन हो । यो आन्दोलनमा उनी एक्लै छैनन् । उनीसँग देशभर छरिएर रहेका सुवेच्छुक छन् । बन्दुक बिनाको पुनको आन्दोलनलाई हरेक नेपालीले सहयोग गर्नुपर्छ । मात्र ७५० रुपैयाँ मूल्यको उनको आत्मकथा किनिदिएर ।