मुगु जिल्लाको खत्याड गाउपालिकाका अपाङ्गता भएका बालबालिकालाई सहयोगी सामाग्री वितरण गरियको छ
अपाङ्गता भएका बालबालिकालाई बाल बिकास समाजको सहयोग , हामी नेपालकोप्राविधिक सहयोग र खत्याड गाउँपालिकाको समन्वयमा अपाङ्गता भएका बालबालिकालाई सहयोगीसामाग्री वितरण गरियको छ
संस्थाका प्रतिनिधि अनिल बानियाको अध्यक्षतामा खत्याड गाउँपालिका अध्यक्ष अज बहादुर शाही र स्थानिय बुद्दिजिवि नागरिक पत्रकार पालिका प्रतिनिधि , अभिभावक हरुको उपस्थितिमा सम्बन्धितबालबालिकाहरु लाइ व्हीलचियर अभिभावकको रोवरमा हस्तान्तरण गरियो थियो ।
“क” बर्गका ६ जना बालबालिकाहरु खत्याड गा.पा. वडा–नं ७ निवासी काले बि क , रोशन भियाल , मनोजथापा , केशव राज जैशी , खत्याड गा.पा. वडा–नं ५ निवासी आइतु रोकाया र खत्याड गा.पा. वडा–नं १०निवासी मंगल रोकायालाइ बितरण गरियको थियो।
संस्थाका प्रतिनिधि अनिल बानियाका अनुसार उक्त समाग्री अष्टेलियाबाट आएको र मुगु सम्म ल्याउन निकैकठिनाइ भएको बताउनु भयो। अपाङ्गता भएका व्यक्तिहरुको आत्म सम्मान बढाउन , आत्म बल बढाउनसहयोग पुगोस भन्ने हेतुले उक्त कार्यक्रम गरेको बताउनु भयो ।
कार्यक्रमका प्रमुख अतिथि खत्याड गाउँपालिका अध्यक्ष अज बहादुर शाहीले समाजिक सञ्जालमा मात्रैटिका टिप्पढी नगरी निस्वार्थ अनिल बानिया जस्तो मैदान मै खटिएर काम गर्न आग्रह गर्नुभयो। पालिकालाइनिकै सहयोग पुगेको र यस्ता राम्रा काम गरे चाडो बिकास हुने साथै जनतालाइ पनि सेवा पुग्ने उहाँले बताउनुभयो। आफु निकै खुशी भएको र पालिका साथै अभिभावकको तर्फबाट धन्यवाद व्यक्त गर्दै यो पबित्रसेवालाइ निरन्तरता दिन समाजसेवी हरुलाई आग्रह गर्नुभयो।