नेपालकाे औपचारिक शिक्षाकाे शुरुआत त्यति लामो छैन । वि.स. १९१० मा जङ्ग वहादुर राणाकाे बेलायतयात्रासगै भएको हाे । त्यतिबेला कानुनी मापदण्ड निर्धारण गरिएको थिएन । प्रधानध्यापकमा क्यानिङ्ग नियुक्ति गरिएको थियो । वि. स. २०१५ सालमा शिक्षा विभागकाे स्थापना गरि शिक्षा डाइरेक्टरमा रेास नियुक्ति गरिएको थियोे । याे बेला पारिवारिक शिक्षा प्रणालीको विकास भएको थियोे । भाइभारादार र साधारण जनताको लागि शिक्षा अझै प्राप्ति भने भएको थिएन । वि. स.२०३२ मा धिरशम्शेरले भाइभारादारलाई शिक्षा प्राप्तिको अवसर दिए । वि.स. १९३४ मा रानिपाेखरी सँस्कृत पाठशालाकाे स्थापना गरियो । शिक्षामा बहुशिक्षाप्रणाली नेपालमा लागू भयो । वि. स.२०४२ मा वीर शमशेरकाे पालामा शिक्षा सम्पूर्ण जनताको लागि पनि दिन थालियो । महिला शिक्षा ,प्राविधिक शिक्षा सामान्य शुरुआत भएको थियो । शिक्षाका पिता देवशमशेरले नेपाली भाषामा जयपृथ्वी वहादुर सिँह द्वारा अक्षरांकन शिक्षा किताब लेखाइ पठनपाठन शुरूवात गरेका थिए । सन्ताउन्न पाठशालाहरु निर्माण पनि गरेका थिए । गाेरखापत्रकाे प्रकाशन पनि देवशम्शेरका पालामा नै गरिएको थियो । चन्द्रशमशेरले भाषापरिषदकाे स्थानपना (२०६९), पासजाच अड्डाकाे स्थापना(२०६७), स्रेस्ता पाठशाला (२०६२),त्रिचन्द्र कलेजकाे स्थापना (२०७५), आदिकाे स्थापना गरेर शिक्षाको विकास गरेका थिए । एस.एल .सि परिक्षाकाे शुरूवात वि.स. १९९० सालमा भएको थियो । यी विषयहरु शिक्षाको इतिहास हुन ।यसको विकास गर्न शिक्षा ऐन आवश्यक पर्ने भएकाले यहाँ उल्लेख गर्न मनासिब देखियो । वि. स. १९९६ सालमा शिक्षा इस्तिहार निर्माण गरि शिक्षाको कानुनीआधार शुरु भयो । शिक्षा समितिहरु पनि निर्माण गरिए । शिक्षा व्यवस्थापनकाे सामान्य रुप तयार भयो । इस्तिहार टेकेर निरीक्षक नियुक्ति गरियो । क्रमशः शिक्षक तालिम दिन थालियाे । शिक्षकका सेवा सुविधा पनि इस्तिहारमा उल्लेख गरिएको थियो । शिक्षा र शिक्षासँग सरकारका विषय सामन्यत समेटिएका थिए । शिक्षाको विकासको लागि यो पहिलो आधार हाे । जग पनि हाे । यसकाे धरातलमा टेकेर शिक्षा व्यवस्थित हुदै गएकोछ । नेपालमा शिक्षाका आयाेगकाे गठन गर्न शुरू गरियो । आयाेग पनि शिक्षा इस्तिहारकाे निरन्तरता थियोे । राष्ट्रिय शिक्षा समितिकाे आयोग वि. स.२०११ निर्माण गरियो । यो विद्यालय शिक्षाको विकासको मार्गचित्र नै थियो । पाठ्यक्रम र पाठ्यपुस्तक निर्माण गरि शैक्षिक परिपाटीमा नयाँपन ल्याउन अहम् भुमिका खेलेको थियो । अनाैपचारिक शिक्षा र शिक्षक तालिम पनि याेजनावद्ध बनाइयो । शिक्षा आयोगले पनि शिक्षा विकासको निरन्तरताको आधार तयार गर्याे । सर्वाङ्गिण राष्ट्रिय शिक्षा समितिको आयाेग पञ्चायत व्यवस्था सगै भएको थियोे । वि.स.२०१८ सालमा याे आयाेग गठन गरिसके पछि वि.स.२०१९ सालमा पहिलो पटक शिक्षा ऐन निर्माण भयो । याे ऐन पञ्चायती व्यवस्था अनुकूल थियोे । यसै आधारमा वि.स. २०२३ पहिलोपटक शिक्षा नियमावली बन्यो । शिक्षा नियमावली पनि पञ्चायती भावना अनुकूल बनाइएकाे थियो । शिक्षाक्षेत्र हार्दिकताका साथ अघिबढेकाे थियाे । फेरि वि.स.२०२५ सालमा शिक्षा ऐन बन्यो । शिक्षा विकासमा कानुनी प्रक्रिया पनि निरन्तर रुपमा फेर बदल गर्दै अघि बढेको थियो । राष्ट्रिय शिक्षा पद्धतिको याेजना आयाेग वि.स.२०२८ निर्माण भयो । यो पाँच चरणमा लगाइ लागू गरेको थियोे । पहिलो चरणमा दुई जिल्ला (कास्की र चितवन ) लागू गरिएको थियोे । पछि तेह्र ,स्राेह,बीस र चाैबिस जिल्ला गरि निरन्तर लागू गरेर कार्यन्वयन गरियो । शिक्षा इस्तिहारमा व्यवस्था गरे जस्तै ३+४+३ शिक्षा संरचनाको व्यवस्था गरिएको थियो । शिक्षामा आधुनिक र व्यावस्थित विकासको मेरुदण्ड बन्यो । यहीँ समयमा बनेको शिक्षा ऐन विद्यालय क्षेत्रमा अहिले सम्म कार्यन्वयन गरिएको छ । पञ्चायती अबस्थामा बनेको शिक्षा ऐन नवाै पटकसम्म सम्शाेधन गरेर चलाइरहेका छाै ।प्रजातन्त्र आयो संविधान परिवर्तन भयो । केही विद्यालय शिक्षाका विषय रुपान्तरण गरियो । वास्तविक शिक्षाको मेरुदण्ड शिक्षा ऐन बनाउन सकिएन र बनाउने काम गरिएन पनि । पुरानो ऐन अहिलेसम्म घाेटी रहेको अवस्थामा छ । विभिन्न आयाेगहरु निर्माण भए ती आयोगहरु कार्यनयन गर्न शिक्षा ऐन शम्साेधन मात्रै गरियो । नयाँ निर्माण गरेर वहुदलीय व्यवस्थालाई स्वागत गर्न सकेनन् । वहुदलीय व्यवस्था शिक्षा क्षेत्रकाे लागि उदासिन रहयाे । वि.स.२०४९ मा राष्ट्रिय शिक्षा आयाेग गठन गरेर प्रतिवेदन निर्माण गरि सम्पूर्ण शिक्षाको विकासमा जाेड दिइएकाे थियो । वि.स.२०५५ सालमा उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोग गठन गरियाे । वि.स. २०५८ सालमा पनि शिक्षा कार्यन्वयन याेजना निर्माण गरि सम्पूर्ण शिक्षाको जगतमा परिवर्तन ल्याउन खाेजियाे ।विद्यालय शिक्षा पनि त्यसै पर्याे । वि.स.२०६२/२०६३ मा उन्नाइस दिने जनआन्दोलन भएको थियोे । त्यो आन्दाेलन सफल भयो । यसकाे मूल अभिष्ट संघिय संरचना निर्मार्ण र कार्यन्वयन गर्नु हाे । अर्को मुल कुरा संविधान निर्माण गरेर नयाँ व्यवस्था अनुसार कानुन निर्माण गर्नु हाे । अवस्था परिवर्तन भयो तर व्यवस्था परिवर्तन गर्न लामाे समय लागि रहेको छ । समयले मागेको कुनै पनि व्यवस्था वन्न सकेको छैन । आधुनिक शिक्षा प्रणालीकाे मर्म लुकेर वसेकाे छ । यसलाई बाहिर प्रकर्ट गर्न सकिएको छैन । अबको समय ऐन निर्माण गर्ने र समय सान्दर्भिक सबै क्षेत्र अगाडि बढाउनु पर्ने देखिन्छ । शिक्षा ऐन एक ऐनहरुकाे मुटु हाे । सम्पूर्ण जनशक्ति उत्पादन गर्ने शिक्षा हाे । पहिलो चरणमा शिक्षा ऐन निर्माण गरेर शिक्षाको क्षेत्र विकास गराउन आवश्यक छ । पहिलो चरणमा संघीय शिक्षा ऐन निर्माण गर्न जरुरी छ । अहिले संघीय शासन व्यवस्थामा कानुनहरु बाझिएका छन् । स्थानीय तहले आफ्नो तर्क गरेको छ,प्रदेशले आफ्नाे तर्क गरेको छ र संघले आफ्नो तर्क गरेको छ । नयाँ निर्मित संविधान भएकाले कार्यनयनका चरणमा छ । यसलाई टेकेर शिक्षा ऐन निर्माण गर्नु पर्ने छ। यसकाे कार्यनयन गर्ने सम्बन्धमा विस्तृत आधार बनाएर गर्नु पर्ने छ ।विद्यालय शिक्षा ऐन अहिले समग्र शिक्षाको समस्या समेटिएको हुनु पर्ने छ ।संविधानकाे भावना समेटेर नयाँ समकालीन समस्या पार लाग्ने गरि शिक्षा ऐन नवनिर्माण गर्नु पर्ने छ । शिक्षाका समस्याहरु अथाह छन । ती समस्याहरू जराे काटिने गरेर समधानमा जानुपर्ने छ । याे ऐन युगान्तकारी परिवर्तन पछिकाे नयाँ दस्तावेज बन्नेछ । कहिलेकाही व्यापक छलफल नगरी ऐन निर्माण गरेमा सम्पूर्ण जनता र देश अधाेगति तर्फ लाग्ने देखिन्छ । हेक्का राखेर सम्पूर्ण भावना समेटिने गरि शिक्षा ऐन समयमै ल्याउनुपर्छ । दशकाैका समस्या समधान गर्न लागेको यश घडीमा पक्का स्वाभिमान रहने गरि ऐनले पुर्णता पाउने छ । अहिले प्राविधिक र सिपमूलक शिक्षा आवश्यक छ ।शिक्षाले प्रचुर लगानि खाेजेकाे छ । अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति तयार गर्न सक्ने खालकाे ऐन आवश्यक छ ।