पछिल्लो समय ब्यवसाय सञ्चालनका लागि स्थानिय तह देखि विभिन्न निकायको अनुदान लिन हान थाप छ । कतिपयलाई त्यहि अनुदान नपाउदा कठिन छ भने अधिकासंले पाएर पनि सदुपयोग गर्न सकेका छैनन । तर हिमाली गाउँपालिका ६ पाडीँका ६९ वर्षिया नरजीत रावललाई ब्यवसायका लागि नत अनुदान पाईएको छ नत सहयोग नै ।
हिमाली गाउँपालिका ६ पाडिँका नरजीत रावल मौरी ब्यवसायमा लागेको झण्डै ५५ वर्ष भयो । उहाँ १३ वर्षको हुदा २०२४ साल तिर बुवा महाविर रावलले मौरी ओसार पसार गर्ने र मह निकाल्ने जस्ता काम सिकाउनुभयो । पुर्खेउली पेशामा बुवाले सिकाएको ज्ञानले ब्यवसाय गर्ने उत्पेरणा जागेको छ भने मौरी प्रतिको मोह पनि उत्तिकै छ ।
उहाँले मौरी र मह छुटाउन नसक्ने उमेर देखि नै परीवारले यो ब्यवसाय गर्दै आएको हो । अनुमानित ६÷७ भेराबाट सुरु भएका मौरी त्यति बेला मुस्किलले १२ भेरा सम्म पुग्थ्य । लगातारको मेहनेत र लगावले गत वर्ष सम्म उहाँ संग ६५ भेरा मौरी थिए । विभिन्न रोग र शोकले ९ भेरा मरे पछि अहिले ५६ भेराको मालिक हुनुहुन्छ ।
मौरीले उत्पादन गरेको मह वर्षमा दुई पटक निकाल्ने गरीन्छ । कृर्षकले पनि आफ्नो अनुकुलता अनुसार कार्तिक र जेठमा मह निकाल्ने गर्छन । तर रावलले वर्षको एक पटक कार्तिकमा मात्रै मह निकाल्नु हुन्छ । कार्तिकको महलाई कत्र्यासि पनि भनिन्छ । खानका लागि अति उपयोगी हुने यो मह औषधिका लागि प्रयोग गरीन्छ ।
मौरीबाट सोचे अनुसारको मह उत्पादन भए पनि विगतमा मुल्य राम्रो थिएन । बजारको समस्या नरहे पनि खपाउन सजिलो थियो । विवाह बर्तवन्ध गर्दा, प्रदेश जादा, साईनो बदेल्दा र छोरी चेलिलाई नासो गर्दा माग अत्याधिक हुथ्यो । उति बेला मानोको ५ रुपैयाँमा मह बेचेको सम्झीने रावलाई अहिले ८ सय सम्म पुग्दा अच्चम लाग्छ । मह वेचेरै उहाँले वार्षिक ७० हजार सम्म कमाउनुहुन्छ ।
आफ्नै लगानि र मेहनेतले मौरी ब्यवसायमा रमाउने रावलले हाल सम्म कुनै निकायबाट सहयोग पाउनुभएको छैन । सहयोगी निकायबाट तालिम, अनुदान र कृर्षि समाग्रि पाए ब्यवसाय थप गर्ने उहाँको मनसाय छ ।
परम्परागत शिप, ज्ञान र अनुभवको आधारमा ब्यवसाय गर्ने स्थानियले विभिन्न निकायबाट पाउने अनुदान नपाएको गुनासो गरेका छन । स्थानिय तहले त्यस्ता ब्यवसायीको खोजी गरी आवश्यक सहयोग गर्न सके उनिहरुको ब्यवसायमा थप सफलता प्राप्त हुने छ ।