कोहलपुर : कोहलपुर नगरपालिकामा शोक विदा गरिएको छ। कृषि शाखाका कर्मचारीको निधन भएपछि नगरपालिकामा शोक विदा दिइएको हो । मृत्यु हुनेमा कोहलपुर ६ का स्थानीयसमेत रहेका छत्र बहादुर केसी रहेका छन् ।
उनको उपचारको क्रममा नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको नगरपालिकाले जनाएको छ । केसीको मुटुको अप्रेसन गर्दा निधन भएको हो । केसीको निधनपछि नगरपालिका मातहतका सम्पूर्ण वडा कार्यालयहरू सेवा बन्द गरि शोक विदा गरिएको नगरपालिकाले एक सूचना जारी गर्दै जनाएको छ ।