हिमालीले जुराएको त्यो अबसर‍‍‍‍ ‍‍‍

कला सस्कृती तथा पर्यटन प्रबधनका लागी गरिएको यो प्रयास पक्कै पनि ठोस निर्णयमा पुग्नेमा हामी बिस्वस्त हुन सक्छौ ।


  • अशाेक भण्डारी

  • कृषि जैविक विविधता, गुणस्तरीय पर्यटन तथा परम्परागत संस्कृतिको संरक्षण र विकास, कुण्डा क्षेत्रका नागरिकको समुन्ती तथा गुणस्तरीय जीवनका लागी हाम्रो प्रयास भन्ने मुल नाराका साथ हिमालि र स्वामीकार्तिक खापर गाउँपालिका द्धारा आयोजित माथिल्लो कर्णाली जल पर्यटन महोत्सव २०८० सम्पन्न भएको छ । हिमाली गाउँपालिकाका अध्यक्ष गोबिन्द बहादुर मल्लको अध्यक्षतामा र प्रतिनिधि सभा सदस्य माननिय वद्री पाण्डेको प्रमुख आतिथ्यमा सो कार्यक्रम उद्घाटन भयो र सुदुरपश्चिम प्रदेशका सभाका आर्थिक मामिला तथा योजना मन्त्री माननिय नरेश कुमार शाहीको प्रमुख आतिथ्य तथा नेपाल पर्यटन वोर्डका अध्यक्ष भरत बहादुर रोकायाको अध्यक्षतामा बैशाख ७ गते सम्पन्न भयो ।
    कुण्डा क्षेत्रको विकासका सम्भावनाको पहिचान र कर्णाली सम्भयताको जगमा बनेका स्थानीय कला र संस्कृति प्रवर्द्धन गर्ने उद्देश्यले पहिलो पटक अहिले सम्मकै भब्य सभ्य रुपमा बाजुरा, हुम्ला र मुगुको संगम कर्णाली किनारमा रहेको बाजुराको धुलाचौरमा बैशाख ४ देखि ७ गते सम्म महोत्सवको आयोजना गरिएको थियो । बाजुराको कुण्डा क्षेत्रका ४ वडा पालिकाले संयूक्त रुपमा आयाृजना गर्ने भनिए पनि हिमाली र स्वामीकार्तिक खापर गाउँपालिकाले संयुक्त रुपमा महोत्सवको आयोजना गरेका थिए ।

    कर्णाली नदि छेवैमा नीलो रंगमा सलल बगिरहेको त्यही छेउमा हुम्ला, मुगु र बाजुराका हजारौ मान्छेको उपस्थितिमा फाग, पयानु, नेजा, चाँड्ची, रनपुतली, छैठ, देउडा, चम्पा नाच, हुड्केउली, चाली, भोटे सेलोका परम्परागत झाँकी, स्थानीय वेशभूषा र यस क्षेत्रका कलासंस्कृतिहरूको प्रस्तुतिले दर्शकलाई भरपुर मनोरञ्जन मात्रै दिएन कला सस्कृतीको जर्गेनाको लागी बाटो समेत डो¥यायो । साथै घण्टौ हिडेर आएका वृद्धहरुका मुस्कानमा केही मात्रामा भए पनि मुस्कान ल्याईदियो ।

    पहिलो पटक बाजुराको कुण्डा क्षेत्रमै यति ठुलो कार्यक्रम सम्भब त यो पहिलो पटक थियो नै एकै थलोमा एकै साथ स्थानीय कला संस्कृतिहरू प्रस्तुत गर्नुका साथै कुण्डा क्षेत्रको विकासका सम्भावनाको पहिचान र कर्णाली सम्भयताको जगमा बनेका स्थानीय कला र संस्कृति प्रवर्द्धन गर्ने उद्देश्यले यो कार्यक्रम समय सापेक्ष तथा यहाको माग देखिन्छ ।

    पर्यटन, जल संग सम्भावित क्षेत्रहरु पहिचान,व्यवसाहिक जडिबुटी संग सम्भाबित क्षेत्रहरु, कला सस्कृती संग विभिन्न ठाँउमा लुकेर रहेका प्रतिभाहरु देखाएर राष्ट्रिय स्तर सम्म पहिचान गराउनु मुख्य उदेश्य रहेको तथा कर्णालीको जल ¥याप्टीङ गराएर यहाँको पर्यटनलाई प्रबधन गर्नु मुख्य उदेश्य रहेको हिमाली गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राज बहादुर भण्डारी भनाई छ ।


    महोत्सवको उद्घाटन गर्दै प्रतिनिधिसभाका सदस्य एवं नेपाली कांग्रेसका सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले बाजुराको विकासका लागि राजनीतिक दलहरूबीच सहकार्य सहमती हुनु पर्नेमा जोड दिए । ‘बाजुरा भन्नेबित्तिकै लडाइँ–झगडा हुने, काटमार हुने जिल्लाको परिचय बनेको छ । अहिले त जिल्लामा सीडीयो, डीएसपीलगायतका अफिसरहरू पनि सकभर बाजुरा आउन चाहँदैनन्,’ सांसद पाण्डेले भने, ‘कांग्रेसको तलदेखि माथिसम्मको जिम्मेवारी म लिन्छु,

    कार्यक्रममा प्रदेश सरकारका आर्थिक मामिलामन्त्री नरेशकुमार शाहीले राजनीतिक पूर्वाग्रहभन्दा माथि उठेर विकास निर्माणका सवालमा एकजुट भएमात्रै पछाडि परेको बाजुरालाई उठाउन सकिने बताए । ‘मानव विकास सूचकांकमा पुछारमा परेको बाजुराको विकासका लागि प्रदेश सरकारले प्राथमिकता दिनेछ,’ स्थानीय समेत रहेका मन्त्री शाहीले, ‘विकासका योजनाहरूमा समूदायको अपनत्वले मात्रै गुणस्तरीय काम हुनसक्छ ।’

    हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्लले नेपालकै सबैभन्दा विपन्न र गरिबीको चपेटामा परेको बाजुराको कुण्डा क्षेत्रको विकासका लागि पहिलो पटक महोत्सवका माध्यममार्फत बहसको सुरुआत गरिएको बताए । महोत्सवलाई माध्यम बनाएर विभिन्न क्षेत्रका विज्ञहरुद्वारा यस क्षेत्रको विकास सम्भावनाबारे पहिचान गर्नु गराउनु, सम्बद्ध निकायका प्रतिनिधिहरूलाई जिम्मेवार बनाउनु, स्थानीय कला संस्कृतिको जर्गेना तथा प्रवर्द्धन गर्नु÷गराउनु महोत्सवको अर्को उद्देश्य रहेको उनको भनाइ थियो ।


    उद्घाटन कार्यक्रममा हुम्लाको ताँजाकोट गाउँपालिकाका अध्यक्ष लालकेश जैशीले तल्लो हुम्लाको चारवटा पालिकाको ढोकाका रुपमा रहेको बाजुराको हिमाली गाउँपालिकामा आयोजित महोत्सव र विकास क्रियाकलापले हुम्लालाई पनि फाइदा हुने बताए ।

    कुण्डा क्षेत्रको एकिकृत विकासका लागि ९ बुदे घोषणा पत्र समेत जारी गरिएको छ ।
    १) कवाडी देखि चिसापानीसम्मको कर्णाली जल पर्यटनको संभाव्यता अध्ययन तथा कवाडीदेखि पीलुचौर पादुकासम्मको जल पर्यटनलाई व्यवसायीक रुपमा संञ्चालन गर्न सम्बन्धीत निकायसंग समन्वय र सहकार्य गर्ने ।
    २) रैथाने बाली, आलु, स्याउ, पशुपालन र जडिवुटीको उत्पादन, उपभोग र बजारिकरणका साथै संरक्षण र प्रवद्र्धनका लागि कार्यक्रमगत र नीतिगतरुपमा निरन्तर समन्वय र सहकार्य गर्ने ।
    ३) बाजुराको समग्र बिकास र समृद्धिका लागि साझा धारणा बनाउन राजनीतिक दलहरुको आपसी सहकार्य गर्ने वातावरण निर्माणका लागि आवश्यक समन्वय गर्ने ।
    ४) रानीसैन क्षेत्रको पहिचान, संरक्षण, संवद्र्धन र सिमाकंन गर्न सम्बन्धीत निकायसँग सहकार्य गर्ने ।
    ५) बुढीनन्दा, पादुका, रानीसैन र रारालाई पर्यटीयक सञ्जालका रुपमा विकास गर्न समन्वय गर्ने ।

    ६) कवाडी, रानीसैन हिल्सा सिल्क सडकलाई नेपाल, भारत र चीनको त्रिदेशीय नाकाका रुपमा विकास गर्न समन्वय गर्ने ।
    ७) पीलु, पादुका र देउरा क्षेत्रलाई धार्मिक पर्यटकीय हवको विकास गर्नका लागि आवश्यक कार्य प्रारम्भ गर्ने ।
    ८) पादुका देउरा हुँदै झुलेडाँडा, सिम्भुनाथ, खुन्का, राँताकोट ज्वार्ना बाजेको भास थान सम्म धार्मिक पर्यटकिय पदमार्ग विकास ।
    ९) भुकाँट्टा देखी खापर सम्म धार्मिक पर्यटकिय मार्ग विकास ।
    कुण्डा क्षेत्रको एकिकृत बिकासका लागी नौ वटा बुदामा घोषणा पत्र समेत जारी गरेको छ ।
    कला सस्कृती तथा पर्यटन प्रबन्धनका लागी गरिएको यो प्रयास पक्कै पनि ठोस निर्णयमा पुग्नेमा हामी बिस्वस्त हुन सक्छौ । कला सस्कृती पर्यटन प्रबधन गर्नको लागी गरिएको माथिल्लो कर्णाली जल पर्यटन महोत्सव स्वागत गोग्य कार्य छ यसलाई राज्यपनि उचित प्रकारका एजेण्डा बनाएर लैजानु पर्ने देखिन्छ । हिमाली र स्वामीकार्तिक खापर गाउँपालिकाले यस महोत्सवबाट सुनौलो अबसर दिएको छ साथै एउटा जिम्मेवारी पनि दिएको छ ।

  • ८ बैशाख २०८०, शुक्रबार १९:३७ प्रकाशित

  • Nabintech