हिमाली जिल्ला हुम्लाको ताँजाकोट गाउँपालिकाले कात्तिक १६ गतेबाट सामुदायिक बिद्यालयहरु सञ्चालन गर्ने निर्णय गरेको छ । कार्तिक १४ गते बसेको गाउँ कार्यपालिकाको बैठक अनुसार गाउँपालिका भरिका सबै सामुदायिक बिद्यालयहरु खोल्ने निर्णय भएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत बिशाल ढकालले नमस्ते कर्णाली पत्रिकालाइ जानकारी दिएका छन ।
लामो समय देखी बिद्यालय बन्द रहेकाले अब स्वास्थ्य मापदण्डको पालना गरी गाउँपालिका स्थीत सम्पुर्ण सामुदायिक बिद्यालयहरु सञ्चालन गर्ने भएकाले नियमित रुपमा पठन पाठन सरु गर्न सम्पुर्ण सामुदायिक बिद्यालयहरुका शिक्षक÷क्रमचारीलाई आ आफ्नो बिद्यालयमा हाजीर भई बिद्यालय सञ्चालन गर्नको लागि पत्राचार गरिएको छ ।