भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा गरिएको परिक्षणमा बाँकेसहितका थप ४३ जनामा कोरोना संक्रमण देखिएको छ ।
अस्पतालले बिहिबार दिउँसो ३ः०५ बजे जारी गरेको अद्यावधिक अनुसार बाँके तथा बर्दिया लगायतका जिल्लाका थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
अस्पतालको प्रयोगशालामा परिक्षण गरिएका १६१ स्वाबको नमुना मध्ये ४३ जनामा कोरोना देखिएको अस्पतालले जनाएको छ ।